लाइपजिग डर्टमण्डसँग पराजित, बायर्न च्याम्पियन

जर्मन बुण्डेसलिगा अन्तर्गत आज सम्पन्न खेलमा आरबी लाइपजिग बोरुसिया डर्मण्डसँग पराजित भएको छ। वेस्टफलेन स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली डर्टमण्डले दोस्रो स्थानको लाइपजिगमाथि जित निकालेको हो। उता लाइपजिगको पराजयसँगै शीर्ष स्थानको बायर्न म्युनिखले उपाधि सुरक्षित गरेको हो। जोडोन साञ्चोको दोहोरो गोल र मार्को रिउसको गोललमा डर्टमण्डले ३ गोल गर्‍यो भने…

सम्बन्धित सामग्री

युरोपियन फुटबल क्लबसँग नेपाली युवाको सम्झौता

युरोपियन च्याम्पियन्स क्लब कोपेनहेगनसँग शोस्वेत रानाले तीन वर्षको व्यवसायिक सम्झौता गरेका छन् । उनी सन् २०२५ सम्म क्लबको यू–१७ र यू–१९ सँग रहनेछन् । रानालाई १९ वर्ष पछि क्लबले सिनियर टिमबाट खेलाउने पनि सम्झौता भएको छ ।क्लब का डेभलपमेन्ट डाइरेक्टर सुने स्मिथ निल्सनका अनुसार रानालाई सिनियर टिममा राख्ने योजना भएको बताएका छन् । डेनमार्कमै जन्मिएर हुर्केका शास्वोतले ६ वर्षको उमेर देखि फुटबल खेल्न लागेका हुन् । रानाले उमेर समूहको खेलहरूमा लिभरपुल, चेल्सी, आरबी लाइपजिग बायर्न जस्ता टिम

बायर्नले जित्यो कीर्तिमान लगातार नवौं बुन्डेसलिगा उपाधि

काठमाडौं। बोरुसिया डर्टमण्डले दोस्रो स्थानको आरबी लाइपजिगलाई ३-२ ले पराजित गरिदिएपछि बायर्न म्युनिखले तीन खेलअगाडि नै जर्मन बुन्डेसलिगाको उपाधि जितेको छ। बायर्नको यो कीर्तिमानी लगातार नवौं लिग उपाधि हो। बायर्न ७१ अंकका साथ शीर्ष स्थानमा रहँदा एक खेल बढी खेलेको लाइपजिग ६४ अंकका साथ दोस्रो स्थानमा छ। डर्टमण्डको जितमा जाडोन सान्चोले दुई र मार्को रेउसले एक गोल गरे।

बायर्न बुन्डेसलिगा उपाधि नजिक

काठमाडौं। जोउसा किमिच र इरिक म्याक्सिम चोउपो–मोटिङको गोलमा बायर्न म्युनिखले गएराती जर्मन बुन्डेसलिगामा बायर लेभरकुसेनलाई २–० ले पराजित गरेको छ। जितसँगै बायर्न जर्मन बुन्डेसलिगाको उपाधि नजिक पुगेको छ। लिगमा चार खेल बाँकी हुँदा बायर्नलाई अब उपाधि उचाल्न एक जित पर्याप्त हुन्छ। बायर्न ७१ अंकका साथ शीर्ष स्थानमा छ। जुन दोस्रो स्थानका आरबी लाइपजिग भन्दा १० अंकले माथि हो।

दोस्रो स्थानको लाइपजिग बराबरीमा रोकियो

काठमाडौं। जर्मन बुन्डेसलिगाको दोस्रो स्थानमा रहेको आरबी लाइपजिगले होफिनहेइमसँग गोलरहित बराबरी खेलेको छ। अन्तिम मिनेटमा युसुफ पोउलसेनले गोल गरे पनि भिडियो सहायक रेफ्रीले मान्यता दिएनन्। बराबरीपछि ६१अंक जोडको लाइपजिग दोस्रो स्थानमा छ। जुन शीर्ष स्थानको बायर्न म्युनिखभन्दा चार अंकले पछाडि हो। बायर्नले अझै एक खेल कम खेलेको छ। होफिनहेइम भने ३२ अंकका साथ ११औं स्थानमा छ।

लाइपजिगमाथि डर्टमण्डको शानदार जित, बायर्नलाई फाइदा

२६ पुस, काठमाडौं । एर्लिङ ब्राउट हालान्डले चोटबाट पुनरागमन गर्दै दुई गोल गरेपछि बोरुसिया डर्टमन्डले जर्मन बुन्डेसलिगामा दोस्रो स्थानको आरबी लाइपजिगलाई ३-१ ले पराजित गरेको छ । लाइपजिग पराजित हुँदा यसको फायदा लिग लिडर बायर्न म्युनिखलाई पुगेको छ । यस्तै तेस्रो स्थानको बायर लेभरकुजन वेडर ब्रेमेनसँग बराबरीमा रोकिँदा बायर्नलाई अर्को पनि फाइदा पुगेको छ । […]