पोखरा । गण्डकी प्रदेश सरकारले खेलाडीलाई सम्मान गरेको छ । गत साता बङ्गलादेशमा सम्पन्न ‘एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप’ को उपाधि विजेता नेपाली टोलीका चार खेलाडीलाई नगद सहित सम्मान गरेको हो । मंगलबार युवा तथा खेलकुद मन्त्रालयले एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय महिला भलिबल टोलीमा गण्डकीबाट प्रतिनिधित्व गरी उपाधि जित्ने खेलाडीलाई नगद जनही ५० हजार र प्रशंसा पत्रले सम्मान गरेको हो ।युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङ र परिषद्क