मोदीको लुम्बिनी भ्रमणले विश्वभरि नै सकारात्मक सन्देश जान्छः कूटनीतिज्ञ

काठमाडौं, २ जेठ । कूटनीतिज्ञ डा. दिनेश भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणले विश्वव्यापी रुपमा सकारात्मक सन्देश जाने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. भट्टराईले भने, “भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको पावन अवसरमा आज लुम्बिनी आउँदै हुनुहुन्छ । यो भारतीय प्रधानमन्त्रीको […]

सम्बन्धित सामग्री

अरुण–४ मा सकारात्मक सहमति

संखुवासभास्थित अरुण नदीमा पहिचान गरिएको अरुण–४ अर्धजलाशययुक्त जलविद्युत् आयोजना नेपाल विद्युत् प्राधिकरण र भारतको सतलज जलविद्युत् निगमले संंयुक्त रूपमा निर्माण गर्ने भएका छन् । प्राधिकरणले निर्माणको जिम्मा पाएको यो आयोजना सतलजसँग मिलेर संयुक्त कम्पनी खडा गरी निर्माण हुने भएको हो । नेपाली र भारतीय सरकारी कम्पनी मिलेर जलविद्युत् आयोजना बनाउन लागिएको यो पहिलो हो । जुन आयोजना निर्माणपछि नेपालले आर्थिक रूपले लाभ प्राप्त गर्ने देखिन्छ । यसबाट नेपालको अर्थतन्त्र सुधार हुनुको साथै जलविद्युत्का अन्य आयोजना बन्न/बनाउन प्रोत्साहन मिलेको छ । यसबाट जलविद्युत्को विकासका लागि नयाँ ढोका खोल्ने देखिन्छ । भारतले नेपालका लागि भन्दा पनि आफ्नो आवश्यकता पूरा गर्न नेपालमा जलविद्युत्प्रति आकर्षण देखाएको हो भन्ने बुझेर सोही अनुसार मोलमोलाइ क्षमता राखी राष्ट्रिय हितको संरक्षण गर्नुपर्छ । विश्वभरि नै ऊर्जालाई रणनीतिक वस्तु मानिन्छ । ऊर्जाको निरन्तर आपूर्ति र मूल्यलाई सबै मुलुकले उच्च प्राथमिकतामा राखेका हुन्छन् । खनिज तेलमा केही सीमित मुलुकको वर्चस्व भएको हुँदा यसको विकल्प खोज्न थालिएको छ । भारत पनि यही समस्याबाट पीडित छ । त्यसैले छिमेकको जलविद्युत् अहिले उसको प्राथमिकतामा पर्न थालेको देखिन्छ । विगतका दशकको भारतीय रणनीति हेर्ने हो भने उसले नेपालको जलविद्युत्मा चासो नदिएको पाइन्छ । केही वर्षयता भने उसले नेपालका धेरै प्रस्तावलाई स्वीकार गरेको छ र जलविद्युत्को विकासका लागि बाटो खोल्ने थुप्रै प्रावधानहरू खुकुलो पार्दै लगेको पनि छ । यद्यपि अझै तेस्रो मुलुकले लगानी गरेको बिजुली नकिन्ने नीतिमा भने ऊ अडिग रहेको छ । भारत अहिले ऊर्जा संकटमा फसेको छ । यसको दिगो समाधानका लागि नेपालको जलविद्युत् उसका लागि राम्रो विकल्प हुन सक्छ । त्यही भएर नेपालका शर्तसहित आयोजनाहरू बनाउन र विद्युत् खरिद गर्न ऊ केही उदार बनेको हो भन्न सकिन्छ । अरुण–४ बाट नेपालले २१ दशमलव नौ प्रतिशत बिजुली निःशुल्क प्राप्त गर्नेछ । यसको लगानीको जोहो पनि सतलज नै गर्नेछ । त्यस्तै यसबाट उत्पादित बिजुली आफूलाई नचाहिएमा भारत र बंगलादेशलाई विक्री गर्न सक्ने व्यवस्था छ । यसरी यो सम्झौताबाट नेपाललाई फाइदा नै हुने देखिन्छ । भारतलाई आयोजनाहरू बनाउन दिनु भनेको भारतकै लाभका लागि हो । त्यसैले ऊ नेपालमा जलविद्युत्मा सहकार्य गर्न इच्छुक छ । यस्तोमा नेपालले आफ्ना केही राष्ट्रिय स्वार्थ पूरा गर्न कडा मोलमोलाइ गर्न सक्नुपर्छ तर यसमा नेपालले कूटनीतिक सामथ्र्य देखाउन नसकेको देखिन्छ । अहिले नेपाल माथि परेको अवस्था रहेकाले यो अवसर गुमाउनु हुँदैन । नेपाल भ्रमणमा आएका समकक्षी नरेन्द्र मोदीसँग शेरबहादुर देउवाले भैरहवाको हवाइ प्रवेश विन्दु दिए पश्चिम सेती आयोजना भारतलाई दिने प्रस्ताव गरेको चर्चा चलेको छ । यो साँचो हो भने देउवाको रणनीति सही छ । भैरहवा अन्तरराष्ट्रिय विमानस्थलका लागि यो प्रवेश विन्दु निकै महत्त्वपूर्ण छ । भारतले पनि कुनै ठूलै स्वार्थपूर्ति नगरी यो विन्दु सहजै नेपाललाई दिने सम्भावना कमै देखिएको छ । यस्तोमा जलविद्युत् आयोजना निर्माण गर्न दिएर नेपालले यो विन्दु प्राप्त गर्न सक्यो भने ठूलै उपलब्धि हुनेछ । नेपाल र भारतबीचको सम्बन्ध विशेष छ भनिन्छ तर समस्याहरू गुजिल्टिएर बसेका छन् । जति नै विशेष सम्बन्ध भने पनि यी समस्याको गाँठो नफुकाएसम्म भित्रभित्रै अविश्वास र आशंका रहिरहन्छ । अतः जलविद्युत् आयोजना नेपालले आफ्नो राष्ट्रिय स्वार्थ पूरा गर्ने गतिलो माध्यम हुन सक्छ । यस्तो गर्न सक्दा जलविद्युत्का आयोजनाबाट दुवै देशले लाभ लिन सक्छन् । दुई मुलुकबीच भनाइमा मात्र होइन, कार्यमा समेत विशेष सम्बन्ध प्रमाणित हुनेछ । स्रोत नेपालको भएकाले आफ्नो हैसियत सके माथि, नभए बराबरी बनाउन सधैं चनाखो हुनुपर्छ । भारतले नेपालका लागि भन्दा पनि आफ्नो आवश्यकता पूरा गर्न नेपालमा जलविद्युत्प्रति रूची देखाएको हो भन्ने बुझेर सोही अनुसार मोलमोलाइ क्षमता राखी राष्ट्रिय हितको संरक्षण गर्नुपर्छ ।

आशाको किरण

विक्रम संवत् २०७८ नेपालका लागि अघिल्लो वर्षभन्दा केही सकारात्मक रह्यो यद्यपि अर्थतन्त्रमा संकटका बादल देखिएका कारण केही चिन्ता भने थपियो । नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनले विदेशी मुद्रा सञ्चितिमाथि दबाब केही घटेको देखाएको छ । घट्दो प्रवृत्तिमा रोक लागेकाले सकारात्मक सुधार आएको मान्न सकिन्छ । वर्ष २०७८ ले सर्वसाधारणलाई पनि अर्थतन्त्रबारे केही चेतना दिएको छ । मुलुकमा निर्यातभन्दा आयात बढी हुँदा कुनै दिन निकै ठूलो संकट आउँदो रहेछ भन्ने पाठ श्रीलंकाको अवस्थाबाट धेरैले जान्ने अवसर पाएका छन् । कोरोना महामारीबाट समस्या परेको बेला गतवर्ष केही राहत मिल्यो किनभने खोपका कारण महामारीको असर न्यून देखियो । स्वास्थ्य संस्थाहरूले संक्रमितको उपचार गर्न सकेको पाइयो । साथै, केही समय निषेधाज्ञा जारी भए पनि अर्थतन्त्रले लय समात्न थाल्यो । अघिल्लो वर्ष अर्थतन्त्र निकै सुस्ताएको थियो । माग र आपूर्ति प्रभावित हुनुका साथै रोजगारी गुमाउनेको संख्या उल्लेख्य थियो । महामारीबीच २०७८ साल आर्थिक दृष्टिकोणले पनि सक्रिय नै रह्यो । कर्जाको माग व्यापक भएकाले बैंकहरूसँग लगानीयोग्य रकमको अभाव वर्षभरि नै भइरह्यो । कर्जा उत्पादनमूलक क्षेत्रमा नगई उपभोगतर्फ बढी गएकाले विदेशी विनिमय सञ्चितिमा दबाब पर्‍यो । मुलुकको अर्थतन्त्र श्रीलंकाको जस्तै हुने हो कि भन्ने कतिपयले आशंका गरे । नेपालको अवस्था श्रीलंकाको जस्तो नभए पनि यसले सचेत पार्ने काम गर्‍यो । नेपालले लिएको विदेशी कर्जा श्रीलंकाको जस्ता अल्पकालीन तथा महँगो ब्याजदरको नभएकाले त्यस्तो समस्यामा नेपाल फसिहाल्ने अवस्था देखिएको छैन । यसबाट नेपालले गतवर्ष अर्थतन्त्र सुधार गर्न केही पाठ सिक्यो । अर्थ मन्त्रालय र राष्ट्र बैंकले सार्वजनिक गरेका तथ्यांकहरू सही हुन् भने नेपाली अर्थतन्त्रलाई लिएर त्रस्त हुनुपर्ने कारण देखिएको छैन । तथ्यांकले बिस्तारै अर्थतन्त्र लयमा फर्कने संकेत देखाएको छ । यो सकारात्मक पक्ष हो । तर, नेपालमा तथ्यांकलाई मिथ्यांक र भ्रमांक बनाएर प्रस्तुत गर्ने चलनसमेत छ । आफ्नो दाबीलाई सिद्ध गर्न आवश्यक तथ्यांकमात्र देखाएर सरकारले अर्थतन्त्रको चित्रण गरेको पनि पाइन्छ । अहिले सरकारले देखाएका आँकडा सही हुन् भने आगामी दिनमा परिणाम थप सकारात्मक हुने अपेक्षा गर्न सकिन्छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको सूचकअनुसार नै केन्द्रीय बैंकले पनि प्रतिवेदन सार्वजनिक गरेकाले राष्ट्र बैंकका गभर्नरमाथि कारबाही गर्नुको औचित्य भने देखिएको छैन । अर्थ मन्त्रालय र राष्ट्र बैंक एउटै गतिमा छन् भन्ने पछिल्ला छुट्टाछुट्टै प्रतिवेदनले देखाएका छन् । हुन त सरकारले विकास निर्माणका लागि विनियोजन गरेको रकम खर्च गर्न सकेको छैन जुन विगतका सरकारका पालामा पनि देखिएको थियो । त्यही कारण तरलता समस्या थप बल्झिएको हो । तैपनि आयात र निर्यातमा आएको झिनो सुधारको तथ्यांकले सकारात्मक सन्देश प्रवाह गरेको छ । यसलाई नयाँ वर्षमा निरन्तरता दिन सक्नुपर्छ । कोरोनाबाट विश्व अर्थतन्त्र नै प्रभावित भइरहेका बेला रूसले युक्रेनमाथि आक्रमण गरेपछि विश्वभरि नै महँगी बढेको छ । खनिज तेल, तोरी, गहुँलगायत खाद्यवस्तुको आपूर्ति प्रभावित भएपछि नेपालले केही वर्षपछि ठूलो महँगीको सामना गर्नुपरिरहेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सार्वजनिक यातायात महँगो भएको छ भने ढुवानी भाडा पनि बढेको छ । यसले अर्थतन्त्रको लागत बढाएको छ । तर पनि कोरोनाका कारण रोकिएको अर्थतन्त्रले गति लिएको हुँदा समग्रमा वर्ष २०७८ लाई सकारात्मक वर्ष नै मान्नुपर्ने देखिन्छ । वर्ष २०७८ ले सर्वसाधारणलाई पनि अर्थतन्त्रबारे केही चेतना दिने काम गरेको छ । मुलुकमा निर्यातभन्दा बढी आयात हुँदा कुनै दिन निकै ठूलो संकट आउँदो रहेछ भन्ने पाठ श्रीलंकाको अवस्थाबाटनेपालीले जान्ने अवसर पाए । त्यस्तै महँगो ब्याजदरको विदेशी ऋण लिँदा सचेत हुनुपर्ने पाठ सरकारले सिकेको छ । सरकारी दाबीअनुसार नै नयाँ वर्षमा आर्थिक पक्ष थप सकारात्मक बन्दै जाओस् र अर्थतन्त्रलाई गति दिन सबैमा सकारात्मक सोच पलाओस् । सबै नेपालीलाई नयाँ वर्ष २०७९ ले समृद्धिको बाटोमा अगाडि बढ्न प्रोत्साहित गरोस् । नयाँ वर्ष २०७९ को शुभकामना !

मर्जरबाट अपेक्षा गरिने सकारात्मक सिनर्जी–प्रभाव

हिमालयन बैंक तथा नेपाल इन्भेस्टमेन्ट बैंकले गत हप्ता एकआपसमा मर्ज हुनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे पछि अहिले नेपाली बैंकिङ क्षेत्रमा यो ‘बृहत् मर्जर’का बारेमा धेरै चर्चा परिचर्चा हुन थालेका छन् । कतिपयले यो नेपाली बैंकिङ जगत्मा नै ऐतिहासिक मर्जर हुने बताइरहेका छन् भने कतिपयले चाँहि कदाचित् यस्तो बृहत् मर्जर असफल भयो भने त्यसले देशको बैंकिङ क्षेत्र मात्र होइन, समग्र अर्थव्यवस्था माथि नै गम्भीर प्रभाव पार्ने चिन्ता पनि व्यक्त गरेका छन् । तर, यो आलेखमा भने यी दुई बैंकहरूको मर्जरको आलोकमा आम रूपमा दुई बैंकहरू एकआपसमा मर्ज हुँदा केकस्ता सिनर्जी प्रभावहरू अपेक्षित हुन्छन् भन्नेबारेमा संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ । सिनर्जी प्रभावहरूलाई प्राप्त गर्न दुई कम्पनीबीच कार्य–संस्कृतिमा अन्तर्घुलन हुनु जरुरी छ । मर्जरपछि बनेको एकीकृत संस्थाका कर्मचारीहरू ‘परिवर्तन’ प्रति ‘प्रतिरोध’ गर्न थाले भने मर्जरअगाडि कायम रहेको दुवै संस्थाका स्वतन्त्र अस्तित्व नै धराशयी हुन सक्छ । के हो सिनर्जी प्रभाव वास्तवमा दुई समानस्तरका संस्थाहरू एकआपसमा गाभिँदा तिनीहरूले एक्लाएक्लै प्राप्त गर्ने प्रतिफलको योगभन्दा संयुक्त रूपमा सहकार्य गर्दा प्राप्त हुने प्रतिफल बढी हुने विश्वास गरिन्छ । खास गरी लागत, आम्दानी, नाफा, व्यावसायिक दक्षता, वित्त आदि क्षेत्रमा यस्तो सहकार्यजन्य प्रतिफल बढी हुने बताइन्छ । व्यवस्थापनविद्हरूले यसलाई मर्जरको ‘सिनर्जी’ भनेर परिभाषित गरेका छन् । यस अर्थमा दुई संस्थाको मर्जरपछि हुने उनीहरूबीचको सहकार्यले प्रदान गर्ने यही ‘अतिरिक्त प्रतिफल’लाई नै ‘सिनर्जी’ भनेर बुझ्न सकिन्छ । हुन त कतिपय अवस्थामा मर्जरजन्य सिनर्जी ‘नकारात्मक’ पनि हुन सक्छ तापनि यो आलेखमा भने मर्जरका सकारात्मक सिनर्जी प्रभावहरूका बारेमा मात्र चर्चा गर्ने प्रयास गरिएको छ । सकारात्मक सिनर्जी–प्रभावले कर्मचारीहरूको मनोबल तथा उत्प्रेरणा बढाउने मात्र होइन, ग्राहकहरूको सन्तुष्टि पनि अभिवृद्धि गर्छ । यसले प्रतिस्पर्धीहरूको सापेक्षतामा बजार माथिको पहुँच विस्तार गर्नुका साथै प्रत्यक्ष रूपमा तुलनात्मक लाभ पनि प्रदान गरिरहेको हुन्छ । त्यसैले पनि संस्थाहरू मर्जरको माध्यमबाट यही ‘सिनर्जी प्रभाव’ प्राप्त गर्न लालायित हुन्छन् । कुनै पनि संस्थाहरूले एकआपसमा गाभिएपछि खास गरी तल उल्लेख गरिएका तीन प्रकारका सिनर्जीहरू अपेक्षा गरेका हुन्छन् । लागत कटौतीसम्बन्धी सिनर्जी स्वाभाविक रूपमा दुई कम्पनीहरू एक भएपछि त्यो एकीकृत कम्पनीमा एक जना मात्र प्रमुख कार्यकारी अधिकृत रहन्छन् । त्यसबाहेक महत्त्वपूर्ण विभागहरूको नेतृत्व पनि एक जनाले मात्र गर्ने हुँदा मर्जरको प्रत्यक्ष लागत कटौतीसम्बन्धी सिनर्जी उच्च व्यवस्थापकहरूको तलब तथा सुविधामा प्रतिबिम्बित हुन्छ । तलब तथा सुविधामा मात्र होइन, प्रविधिमाथि हुने लागतमा पनि उल्लेख्य कटौती गरी मर्जरले सिनर्जी प्रभाव पारिरहेको हुन्छ । बैंकहरूकै कुरा गर्ने हो भने दुई बैंकहरूले छुट्टाछुट्टै रूपमा प्रयोग गरिरहेका कोर बैंकिङ सफ्टवेरका लागि बेहोर्नुपर्ने लागत पनि दुई संस्थाको एकीकरणपछि उपयोग गरिने एकै सफ्टवेरको कारण उल्लेख्य मात्रामा कटौती हुने गर्छ । आधुनिक बैंकिङमा कोर बैंकिङ सफ्टवेरमा गरिने लगानीको तुलनामा अन्य वित्तीय प्रविधिमाथि हुने खर्च अत्यधिक हुने गर्छ । विशेष गरी सम्पत्ति शुद्धीकरणजस्ता वित्तीय अपराधका कारण अहिले विश्वभरि नै बैंकहरू वित्तीय अपराध पहिचान तथा निगरानी गर्ने प्रयोजनका लागि ठूलो परिमाणमा प्रविधिमाथि लगानी गर्न बाध्य छन् । आधुनिक बैंकिङमा वित्तीय प्रविधिमाथि लगानी नियन्त्रण गरी आफ्नो अस्तित्व कायम गर्नु असम्भवजस्तै प्रतीत हुन्छ । मर्जरले प्रविधिमाथि खर्च कटौती हुने मात्र होइन, त्यसले एकीकृत बैंकको जोखिम व्यवस्थापन तथा अनुपालन खर्चमा समेत सिनर्जी प्रभावका साथ न्यूनीकरण गर्न मद्दत पुग्छ । मर्जरपछि दुई संस्थाको छुट्टाछुट्टै रूपमा अस्तित्वमा रहने प्रधान कार्यालयसमेत एकै हुने र संस्था नै एउटा मात्र कायम हुने भएकाले त्यसले पनि उल्लेख्य मात्रामा प्रशासनिक तथा अन्य उपरिव्यय (ओभरहेड खर्च) कटौती गर्न पनि प्रमुख भूमिका निर्वाह गरेको हुन्छ । मर्जरपछि दुई संस्थाको भिन्नभिन्न रूपमा कायम रहेका आपूर्ति शृंखला (सप्लाई चेन) लाई पनि एकीकृत संस्थाले मर्जरपछि अझ प्रभावकारी रूपमा उपयोग गर्न सक्ने भएकाले त्यसले एकातिर बजार विस्तारका लागि आवश्यक पर्ने लागत घटाइरहेको हुन्छ भने अर्कोतिर आफ्ना उत्पादनहरूको समग्र विक्रीमा वृद्धि गराउँछ । यसरी प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लागत घटाउन मर्जरले सिनर्जी प्रभाव सृजना गरेको हुन्छ । ठीक त्यसै गरी अनुसन्धान तथा विकासका लागि छुट्टाछुट्टै संस्थाहरूको कुल लागतभन्दा मर्जरपछि एकीकृत भएको संस्थाको लागत उल्लेख्य मात्रामा कम हुने पनि स्पष्ट छ । आम्दानी वृद्धिसम्बन्धी सिनर्जी लागत कटौतीसम्बन्धी सिनर्जीले पनि अप्रत्यक्ष रूपमा आम्दानी वृद्धिलाई नै सघाउ पुर्‍याइरहेको हुन्छ तापनि मर्जरले प्रत्यक्ष रूपमा नै एकीकृत कम्पनीको आम्दानी वृद्धि गराउन सिनर्जी प्रभाव उत्पन्न गर्छ । मर्जर हुनुभन्दा पहिले छुट्टाछुट्टै रूपमा रहेका कम्पनीहरूका आआफ्नै उत्पादन, बजार, भौगोलिक क्षेत्र तथा ग्राहकलाई उपयोग गरेर पनि मर्जरपछि एकीकृत संस्थाले यथेष्ट आम्दानी माथि सिनर्जी प्राप्त गरिरेहेको हुन्छ । वित्तसम्बन्धी सिनर्जी पूँजीमाथिको लागत कम गराएर तथा कर्पोरेट कर माथि उल्लेख्य मात्रामा बचत गरेर पनि मर्जरपछि एकीकृत हुने कम्पनीले सिनर्जी प्रभाव जन्य वित्तीय लाभ प्राप्त गर्न सक्छ । आम्दानीमा हुने वृद्धि तथा खर्चमा हुने कटौतीले एकै साथ कम्पनीको वित्तीय अवस्थालाई बलियो बनाउने भएकाले त्यसले एकातिर कम्पनीको प्रतिशेयर आम्दानीमा वृद्धि गराउने त छँदै छ साथसाथै शेयरको बजार मूल्यसमेत बढाउने हुन्छ । त्यसैगरी पूँजी तथा क्षमतामा भएको वृद्धिले दुई बैंकहरूको हकमा लगानी तथा ऋण प्रवाह गर्ने क्षमता बढाउने हुन्छ भने अन्य कम्पनीहरूको हकमा उनीहरूको ऋण लिन सक्ने संस्थागत क्षमतामा बढोत्तरी भएर पनि वित्तीय सिनर्जी उत्पन्न भइरहेको हुन्छ । माथि उल्लिखित विशेष गरी तीन प्रकारका सिनर्जीहरूका अतिरिक्त सफल मर्जरले व्यवस्थापन कुशलता तथा मानव–पूँजीको उत्पदकत्व सम्बन्धमा पनि सकारात्मक सिनर्जी सृजना गर्छ । तर, सम्झनै पर्ने कुरा के हो भने मर्जरपछि सकारात्मक सिनर्जीको अपेक्षा गर्नु र वास्तवमै ती सिनर्जीहरू प्राप्त गर्नु फरक कुरा हुन् । सबै अपेक्षा गरिएका कुराहरू पूर्ति हुन्थे भने इतिहासमा भएका कुनै पनि मर्जरहरू असफल हुने थिएनन् । त्यसैले अपेक्षित सिनर्जी प्रभावहरूलाई प्राप्त गर्न दुई कम्पनीबीच कार्य–संस्कृतिमा अन्तर्घुलन हुनु जरुरी छ । यदि यसो भएन र मर्जरपछि बनेको एकीकृत संस्थाका कर्मचारीहरू ‘परिवर्तन’ प्रति ‘प्रतिरोध’ गर्न थाले भने मर्जरबाट अपेक्षा गरिएका सिनर्जी प्रभावहरू प्राप्त गर्नु त परको कुरा मर्जरअगाडि कायम रहेको दुवै संस्थाका स्वतन्त्र अस्तित्व नै धराशयी हुन सक्ने सम्भावनातर्फ सम्बद्ध पक्षहरू सचेत रहनैपर्छ । लेखक बैंकर हुन् ।

कोरोना नियन्त्रणमा भुटानी मोडल, जुन अहिले संसारभर चर्चामा छ

भुटानका प्रधानमन्त्री लोते छिरिङले दुई दिन अगाडि विश्व प्रसिद्ध टेलिभिजन च्यानल सीएनएनमा एक लाइभ अन्तर्वार्ता दिए । जुन अन्तर्वार्ताबारे अहिले विश्वभरि चर्चा भइरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले तेस्रो विश्वका साना र गरीब मुलुकको बारेमा सकारात्मक समाचार एकदमै कम र नकारात्मक समाचार बढी सम्प्रेषण गर्दछन् । सीएनएनले अन्तर्वार्ता लिएको विषयलाई भुटानका प्रधानमन्त्री स्वयंले पनि आश्चर्यकै रूपमा […]

दिगो विकासको महत्व तथा आवश्यकता

दिगो विकास अवधारणाको सुरुवात वातावरणीय दृष्टिले सकारात्मक हुने गरी विकास कार्य हुने गर्छ भन्ने मान्यताका आधारमा सुरु गरिएको हो । आजभोलि विश्वभरि नै ‘दिगो’ अर्थात् अंग्रेजीमा सस्टेनेबल शब्दको व्यापक प्रयोग भइरहेको छ । विकासको महत्वपूर्ण सूचांक विकासमा दिगोपनको अवस्थिति हो । विकासको अर्थ र सार्थकता नै त्यसको दिगोपनसँग हुन्छ । साधारण अर्थमा विकासमा दिगोपन भन्नाले […]

अध्ययन भन्छ - ५ जिन समूहको मान्छेमा कोरोनाको जोखिम बढी

कोरोना वायरसको महायुद्धमा अहिले देश दुनिया लागिरहेको छ । विश्वभरका वैज्ञानिकहरू भाइरसविरुद्धको खोप परीक्षणको क्रममा छन् । कतिपय खोपले सकारात्मक असर देखाएसँगै विश्वभरि नै खुसीको बहार छाएको छ । तथ्यांकलाई आधार मान्दा भाइरस संक्रमणको संख्या निरन्तर …

विश्वव्यापीकरणको प्रभाव

विश्वव्यापीकरण भनेको मुलुकको अर्थतन्त्र विश्व अर्थतन्त्रसँग आबद्ध हुनु हो । यस्तो आबद्धता वस्तु तथा सेवाको व्यापार र पुँजी प्रवाहको माध्यमद्वारा हुने गर्छ । विश्वव्यापीकरण विशेष गरी सन् १९८० को दशकदेखि बढी चर्चा र छलफलमा आएको हो । सँगसँगै विश्वभरि यसका सम्बन्धमा मानिसहरूको दृष्टिकोण विभाजित भएको छ । एकथरीले विश्वव्यापीकरण सकारात्मक कुरा हो, त्यसैले यसमा सहभागी […]

बालबालिकालाई पनि काेराेनाको बारेमा सकारात्मक जानकारी दिन विज्ञकाे सुझाव

काठमाण्डाै – बालबालिकालाई पनि काेराेना भाइरस (कोभिड १९) को बारेमा जानकारी गराउनुपर्नेमा विज्ञले जोड दिएका छन् । बालबालिकाहरुलाई अहिले विश्वभरि के भइरहेको छ, सकारात्मक तरिकाले जानकारी दिएर कोरोना के गर्दा सर्छ अनि यसबाट बच्न के गर्नुपर्छ भन्नेबारेमा बताउनुपर्नेमा विज्ञले जोड दिएका हुन् । परिवारमा ठूला व्...

जाग्दै महिला | News of Nepal

मामार्च ८ आजका दिन विश्वभरि नै १०७औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ। महिलालाई सशक्त बनाउनका लागि यो दिवस मनाउन थालिएपछि केही न केही सकारात्मक परिवर्तन भए पनि पर्याप्त भने भइरहेको छैन। नेपालकै सन्दर्भमा कुरा गर्दा राष्ट्रपति, सभामुख तथा प्रधानन्यायाधीश जस्ता उच्च पदमा नेपाली महिलाहरूले इतिहास र…