एजेन्सी।उत्तर कोरियाका शासक किम जोङ्ग उनले दक्षिण कोरियाको पप संगीत (के–पप)लाई खतरनाक क्यान्सरको संज्ञा दिएका छन्। उत्तर कोरियामा के–पप सुन्दै गरेको र दक्षिण कोरियाली फिल्म हेर्दै गरेको भेटिए १५ वर्ष जेल सजाय गर्न उनले आदेश दिएका छन्। के–पपका कारण युवाहरुको हाउभाउ, रहनसहन, कपडा तथा हेयरस्टाइल फेरिएकोमा उनले चिन्ता व्यक्त गरेका छन्। के–पपले उत्तर कोरियाका युवाहरुलाई बर्बाद गरिरहेको दाबी उनले गरे।