खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित पुष्पलाल मध्यपहाडी लोकमार्ग भासिएको छ । दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्ड अन्तरगत बाँझेच्यानडाँडाको सेखुवामा मध्यपहाडी लोकमार्गको करिब ६० देखि ८० मिटर खण्ड भासिएको हो । कालोपत्रे सडक भासिएपछि रोडा थुपारेर सवारी साधन आवत–जावतको प्रवन्ध मिलाइएको छ । २०७२ सालको भूकम्पले सामान्य चर्किएको सडक २०७८ सालको वर्षामा करिब १०/२० सेन्टिमिटर भासिएको थियो । यसपल्टको वर्षामा भने करिब एक मिटर सडक भासिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको का