राजनीतिमा संलग्न शिक्षकलाई कारबाही गरे/नगरेको विवरण १५ दिन भित्र पठाउन मन्त्रालयको परिपत्र

काठमाडौं । राजनीतिक दलको कार्यकारी पदमा बहाल रहेका शिक्षकलाई कारबाही गर्न दिइएको निर्देशन कार्यान्वयन भए नभएको विवरण १५ दिन भित्र उपलब्ध गराउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरेको छ । केन्द्रको शैक्षिक योजना तथा विकास महाशाखा अन्तरगतको शिक्षक व्यवस्थापन समन्वय शाखाले ७७ वटै शिक्षा विकास तथा समन्वय […]

सम्बन्धित सामग्री

१५ दिन भित्र तुइनको विवरण उपलब्ध गराउन स्थानीय तहलाई परिपत्र

काठमाडौं । सरकारले १५ दिनभित्र तुइनको विवरण उपलब्ध गराउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ । अहिले सञ्चालनमा रहेका तुइनको विवरण पठाउन पुष २८ गतेको शहरी विकास मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै स्थानीय पूर्वाधार विभागले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई यस्तो विवरण उपलब्ध गराउन परिपत्र गरेको हो । कतिपय स्थानमा अझै […]

जनताले अनुभूत गर्नेगरी विकास गर्छु : मन्त्री यादव

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले मन्त्रालय वा कर्मचारीले मात्रै नभएर जनताले अनुभूत गर्नेगरी विकास गर्न आफू लाग्ने बताएकी छिन् । मन्त्रालयमा सोमवार पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री यादवले विकासको आकांक्षा पूरा नहुँदा नागरिक आक्रोशित हुनु स्वाभाविक भएको बताइन् । सबै कर्मचारीलाई काठमाडौं केन्द्रित नभएर कार्यक्षेत्रमा जान र समय समयमा योजनामा भएका प्रगतिबारे जानकारी गराउन भनिएको उनले बताइन् । काठमाडौं उपत्यकामा १५–१५ दिन र उपत्यका बाहिरका आयोजनामा कम्तीमा एक महिनामा प्रगति विवरण पठाउन भनिएको छ । ‘१५ दिन वा एक महिनामा एक किलोमिटर सडक बने पनि त्यो जानकारी गराउनुपर्छ,’ उनले भनिन् । कुनै पनि योजनामा ठेक्का सम्झौता गर्नै प्रक्रियामा नै त्रुटि भएकाले समस्या आउने गरेको मन्त्री यादवले बताइन् । सबैभन्दा कम रकममा काम गर्न तयार हुनेलाई जिम्मेवारी दिँदा गुणस्तरीय कामको अपेक्षा गर्न नसकिने उनको भनाइ छ । चालक अनुमतिपत्र वितरण र राजस्व संकलन प्रदेशले गरे पनि छपाइको काम संघले गर्नुपर्ने मन्त्री यादवले बताइन् । अनुमतिपत्र आधिकारिक कागजात भएकाले पनि यसमा एकरूपता चाहिने उनको भनाइ छ । सार्वजनिक सवारीसाधनमा रकमको साटो कार्डको व्यवस्था गरिनुपर्नेमा उनको जोड छ । कुर्था–जयनगर खण्डमा रेल सञ्चालनको सबै तयारी भइसकेकाले छिट्टै गरिने र काठमाडौंको चक्रपथमा विद्युतीय बस सञ्चालन गरिने उनले बताइन् । पूर्व–पश्चिम राजमार्ग जस्तै ठाउँठाउँमा उत्तर–दक्षिण राजमार्ग निर्माण गर्दै जाने उनले बताए । रासस

सरकारी निकायले कम्तीमा १ महिनामा प्रगति विवरण पठाउनुपर्छ : मन्त्री यादव

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले मन्त्रालय वा कर्मचारीले मात्रै नभएर जनताले अनुभूत गर्ने गरी विकास गर्न आफू लाग्ने बताएकी छन् । मन्त्रालयमा सोमवार पत्रकारसँग कुराकानी गर्दै मन्त्री यादवले विकासको आकांक्षा पूरा नहुँदा नागरिक आक्रोशित हुनु स्वाभाविक भएको बताइन् । उनले सबै कर्मचारीलाई काठमाडौं केन्द्रित नभएर कार्यक्षेत्रमा जान र समय समयमा योजनामा भएका प्रगतिबारे जानकारी गराउन भनिएको बताइन् । काठमाडौं उपत्यकामा १५/१५ दिन र उपत्यका बाहिरका आयोजनामा कम्तीमा १ महिनामा प्रगति विवरण पठाउन भनिएको छ । उनले ...

२४५ यातायात समितिको सम्पत्ति १५ दिन भित्र पेश गर्न परिपत्र

गृह मन्त्रालयले सार्वजनिक यातायातसम्बद्ध समितिहरूका नाममा रहेको चलअचल सम्पत्तिको विवरण १५ दिनभित्र पठाउन मंगलबार देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।