भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले मन्त्रालय वा कर्मचारीले मात्रै नभएर जनताले अनुभूत गर्ने गरी विकास गर्न आफू लाग्ने बताएकी छन् ।
मन्त्रालयमा सोमवार पत्रकारसँग कुराकानी गर्दै मन्त्री यादवले विकासको आकांक्षा पूरा नहुँदा नागरिक आक्रोशित हुनु स्वाभाविक भएको बताइन् ।
उनले सबै कर्मचारीलाई काठमाडौं केन्द्रित नभएर कार्यक्षेत्रमा जान र समय समयमा योजनामा भएका प्रगतिबारे जानकारी गराउन भनिएको बताइन् ।
काठमाडौं उपत्यकामा १५/१५ दिन र उपत्यका बाहिरका आयोजनामा कम्तीमा १ महिनामा प्रगति विवरण पठाउन भनिएको छ । उनले ...