भदौ २० गतेदेखि ‘ड्राइभिङ लाइसेन्स’को लिखित र ट्रायल परीक्षा सञ्चालनमा हुने

कोरोना महामारीका कारण लामो समयदेखि स्थगित भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित र ट्रायल परीक्षा सञ्चालन हुने भएको छ । बागमति प्रदेश अन्तर्गतको यातायात कार्यालय चाबहिलले आइतबार एक सूचना जारी गर्दै भदौ २० गतेदेखि लिखित तथा प्रयोगात्मक परीक्षाहरु (रिट्रायल समेत)  सञ्चालन हुने जानकारी दिएको हो । गत बैशाख १५ गतेदेखि स्थगित भएका परीक्षा यातायात व्यवस्था...

सम्बन्धित सामग्री

अर्काको नाममा ट्रायल परीक्षा दिने पक्राउ

काठमाडौं । अर्काको नाममा ट्रायल परीक्षा दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका-६ घर भएका २६ वर्षीय सबिन अधिकारी रहेका छन् । दोलखा घर भएका पारस भट्टराईको नाममा चार पाङ्ग्रे सवारीको ट्रायल परीक्षा दिन लागेको अवस्थामा अधिकारीलाई प्रहरीले पक्राउ गरेको हाे। चन्द्रागिरी नगरपालिका-५ गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयको ट्रायल परीक्षा […]

अर्काको नाममा ट्रायल परीक्षा दिन लागेको अवस्थामा पक्राउ

काठमाडौं : दोलखा घर भएका पारस भट्टराईको नाममा चार पाङ्ग्रे सवारीको ट्रायल परीक्षा दिन लागेको अवस्थामा धादिङ गजुरी गाउँपालिका-६ घर भएका २६ वर्षीय सबिन अधिकारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। चन्द्रागिरी नगरपालिका-५ गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयको ट्रायल परीक्षा दिने ट्रायल सेन्टरमा ती व्यक्तिको नाममा ट्रायल परीक्षा दिन लागेका उनलाई उक्त स्थानमा खटिएको प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरी प्रभाग बलम्बुमा राखी आवश्यक अनुसन्धान भइरहेको छ।

झरीले सवारी ट्रायल परीक्षा स्थगित

काठमाडौं : वर्षाका कारण चालक अनुमतिपत्रको ट्रायल परीक्षा स्थगित भएको छ। ठूलो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालय‚ सवारी चालक अनुमतिपत्रले एक सूचना जारी गरी आज हुने ट्रायल परीक्षा स्थगित गरिएको जनाएको छ।प्रतिकूल मौसमका कारण परीक्षा स्थगित गरेको कार्यालयले जनाएको छ। सूचनाअनुसार वर्ग जी‚ ए‚ के को ट्रायल परीक्षा स्थगित गरिएको छ।आज हुने भनिएको वर्ग ए र के को परीक्षा पुष १९ गते र वर्ग जी को ट्रायल परीक्षा पुस २१ गते हुने कार्यालयले जनाएको छ।पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव

सवारी लाइसेन्सको ट्रायल आगामी सातादेखि

यातायात व्यवस्था विभागले आगामी सातादेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षा सञ्चालनको तयारी गरेको छ । यस सम्बन्धमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सकारात्मक देखिएपछि विभागले आगामी सातादेखि सञ्चालनको तयारी गरेको हो ।विभागले मंगलवार ट्रायल खुलाउन सीसीएमसीमा सिफारिश गरेको थियो । सिफारिसपछि विभागका महानिर्देशक नमराज घिमिरे र सीसीएमसीका पदाधिकारीबीच भएको छलफलमा ट्रायल परीक्षा खुलाउन सीसीएमसी सकारात्मक देखिएको हो ।सीसीएमसीले विभागसँग ट्रायल परीक्षामा भीडभाड हुने भएकाले क

ट्रायल परीक्षा खुलेसँगै नयाँ नियम

साउन अन्तिम सातादेखि ट्रायल परीक्षा खुलाउन लागेको यातायात व्यवस्था विभागले  नयाँ व्यवस्था लागू गर्ने तयारी गरेको छ । हाल विद्यमान लाइसेन्स परीक्षा प्रणालीमा शतप्रतिशत अंक ल्याए मात्रै पास हुने व्यवस्था रहेकोमा त्यसलाई केही सहज हुने गरी व्यवस्था गरिएको छ । सुधारिएको प्रणालीअन्तर्गत अब ७० प्रतिशत अंक ल्याए पास हुने व्यवस्था छ । नयाँ व्यवस्थाअनुसार ट्रायल परीक्षामा विभिन्न पक्षलाई आधार मानेर अंक दिइने व्यवस्था छ । जसमा ट्राफिक लाइट, उकालो–ओरालो, स्पिड ब्रेकर, पार्किङलगायतलाई आधार मानेर अलग–अलग नम्बर दिइनेछ । त्यसका ...

अब लाइसेन्सको ट्रायल खुल्ने

सरकारले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ ।यातायात व्यवस्था विभागले साउन अन्तिम सातादेखि लाइसेन्सको ट्रायल परीक्षा खुलाउने तयारी गरेको हो । विभागले आगामी आइतबार मातहतका कार्यालयसँग छलफल गरेर ट्रायल परीक्षा खुलाउन लागेको हो ।विभागले यसअघि नै लाइसेन्सको ट्रायल खुलाउने तयारी गरेकोमा कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा पूर्णरूपमा नहटेको भन्दै यातायात कार्यालयले ट्रायल खुलाउन नसकिने बताएका थिए ।पछिल्लोपटक

सात लाख व्यक्ति सवारी ट्रायल परीक्षा कुर्दै

काठमाडौं : नेपालमा पुनः दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि वैशाख १६ गतेबाट निषेधाज्ञा जारी भयो।निषेधाज्ञा जारी भएपछि ड्राइभिङ लाइसेन्स लिनेहरूका लागि ‘ट्रायल’ पनि बन्द भयो। बन्द भएको तीन महिना पुग्नै लाग्दा पनि अझै ट्रायल खुलेको छैन। जसकारण ट्रायल दिनेहरू अन्योल र चिन्तित छन्।यातायात व्यवस्था विभागका अनुसार ट्रायलका लागि निषेधाज्ञा अघिसम्म करिब सात लाखले आवेदन दिएका छन्। तर उनीहरूले अहिलेसम्म कोभिड-१९ का कारण कुनैले पनि ट्रायल दिन पाएका छैनन्।के भन्छ विभाग ?विभागका प्रवक्ता डा

बागमतीका जिल्लामा ट्रायल परीक्षा शुरु

मकवानपुर । बागमती प्रदेश यातायात सेवा कार्यालय हेटौँडाले प्रदेशको विभिन्न जिल्लाका सवारी साधन धनीलाई सवारीको चालक अनुमतिपत्र (लाइसेन्स) को लागि लिखित परीक्षा र ट्रायल परीक्षा आजदेखि शुरु गरेको छ । नयाँ अनुमतिपत्र प्राप्तका लागि दिइएको ट्रायल परीक्षाबाट उत्तीर्ण भएकालाई केही हप्ताभित्रै चालकको नयाँ अनुमतिपत्र उपलब्ध गराइने कार्यालयले जनाएको छ । ट्रायल परीक्षामा उत्तीर्ण नभएकालाई सो […]