महेन्द्रनगर : बसको ठक्करबाट एकजना विद्यार्थीको मृत्यु भएपछि अवरुद्ध पूर्व-पश्चिम महेन्द्र राजमार्ग साँझबाट सञ्चालनमा आएको छ। आज बिहान करिब ७ बजे ना ७ ख ६५२१ नम्बरको बसको ठक्करबाट महेन्द्रनगरस्थित कञ्चन विद्या मन्दिरमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत २१ वर्षीय कविराज बैजको मृत्यु भएको थियो।घटनाको विरोधमा आक्रोशित स्थानीयले बन्द गरेको पूर्व–पश्चिम राजमार्ग करिब साढे ११ घण्टापछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरिले जानकारी दिए। पीडित परिवार