देशभक्त जन गणतान्त्रिक मोर्चाले स्थानीय तह निर्वाचनमार्फत जनताले वास्तविक लोकतन्त्रको अनुभूति गर्न नसकेको बताए । बुधबार काठमाडौँमा पत्रकार सम्मेलनका आयोजना गर्दै मोर्चाका अध्यक्ष सिपी गजुरेलले कतिपय ठाउँमा आफ्नै पार्टीको चुनाव चिन्हमा मतदान गर्दा कारबाही गरिनुले लोकतन्त्र नभई दलतन्त्र भएको उनले प्रस्ट्याएका हुन् । उनले भने – ‘लोकतन्त्रमा त पार्टीहरूका बीचमा प्रतिस्पर्धा हुन्छ । उनीहरुले चुनावी घोषणापत्र निकाल्छन् । त्यो घोषणापत्रको आधारमा मतदाताहरूले निर्णय गर्छन् । कुन पार्टी ठ