उपकरण तथा जनशक्ति अभाव झेल्दै जिल्ला अस्पताल

थुतेन लामा, मनाङ । हिमालपारिको जिल्ला मनाङमा कोरोना महामारीसँगै स्वास्थ्य सुरक्षाका लागि उपकरण त उपल्ब्ध गराइयो । तर, जिल्लाको एकमात्र अस्पतालले कहिले उपकरणको अभाव त कहिले जनशक्तिको अभाव झेल्दै आएको छ । हाल जिल्ला अस्पतालमा भेन्टिलेटर उपलब्ध भए पनि जनशक्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन । २०७७ साल असारमा प्रदेश सरकारले अस्पताललाई दुईवटा भेन्टिलेटर उपलब्ध […]

सम्बन्धित सामग्री

बेहाल जिल्ला अस्पताल, जीर्ण भवन र जनशक्ति अभाव

साढे तीन दशकअघि (२०४६ साल फागुन १९) गते निर्माण सम्पन्न भई सेवा प्रदान गर्दै आएको मनाङको जिल्ला अस्पताल यति बेला बेहाल अवस्थामा पुगेको छ । दुर्गमका जनतालाई प्राथमिक उपचार दिने उद्देश्यले सञ्चालन गरिएको अस्पतालको भवन जीर्ण भएपछि नयाँ भवन निर्माण गर्ने सम्झौता भएको थियो । नयाँ भवन निर्माणका लागि १४ करोड रुपियाँ लागतमा ओम बुद्ध/बुद्ध जेवी कम्पनीले २०७६ सालमा ठेक्का सम्झौता गरेको थियो । अस्पताललाई १५ शय्यामा स्तरोन्नति गरेर जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य रहे पनि प्रदेश सरकारले चार वर्षको बिचमा तीन पटक म्याद थप ग¥यो । तैपनि निर्माण सम्पन्न हुन सकेको छैन । ठेकेदारले बेलैमा निर्माण सम्पन्न नगर्दा सामान्य रोगका लागि पनि दुर्गमका बिरामीले सास्ती खेप्नु परेको छ ।

कर्णालीका अस्पताल चिकित्सक दरबन्दी छ, पदपूर्ति छैन

कर्णालीले वर्षौंदेखि स्वास्थ्य पूर्वाधार र जनशक्ति अभाव झेल्दै आएको छ। दक्ष जनशक्तिविहीन जिल्ला अस्पतालले करारकै भरमा सेवा दिनुपर्ने बाध्यता छ। पूर्वाधारको अवस्था पनि उस्तै छ। वर्षौं पुराना जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको छ। प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा केही लगानी गरे पनि त्यो पर्याप्त छैन। जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दो छ। स्वास्थ्य सेवा कार्यालय (जिल्ला अस्पताल) डोल्पाका लागि नवौँ तहका तीन चिकित्सकको स्वीकृत दरबन्दी छ तर दरबन्दी अनुसार एक जना पनि विशेषज्ञ चिकित्सक कार्यरत छैनन्। एक जना मेडिकल अधिकृतका भरमा अस्पताल सञ्चालनमा छ। तथापि अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी छ।

आईसीयू सञ्चालनका लागि जनशक्ति अभाव

बझाङ । जिल्ला अस्पताल बझाङमा भेन्टिलेटर सञ्चालनका लागि दक्ष जनशक्ति अभाव भएको छ । सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रत्येक पहाडी जिल्लामा दुईओटा भेन्टिलेटरसहित आईसीयू कक्ष राख्ने निर्णयअनुरूप उक्त आईसीयू शøया ल्याइएको हो । गतवर्ष नै जिल्लामा ल्याइएको उक्त मेसिन सञ्चालन गर्न दक्ष जनशक्ति अभाव रहेको छ । कोरोना महामारीको दोस्रो लहरको बेला जिल्लामा श्वासप्रश्वासका बिरामीका लागि ल्याइएको भए पनि दक्ष जनशक्तिको अभावमा उक्त कक्ष सञ्चालनमा ल्याउन नसकिएको हो । कोरोना महामारीको दोस्रो भेयिन्ट फैलिएका बेला बझाङमा झन्डै एक हजार ६०० भन्दा बढी संक्रमित भएका थिए भने २१ जनाले उपचार अभावमा ज्यान गुमाएका थिए । श्वासप्रश्वासमा समस्या भएका जटिल संक्रमितलाई डँडेलधुरा तथा कैलाली सिफारिस गर्ने गरेको र त्यहाँ नपुग्दै बाटोमै मृत्यु हुने गरेको थियो । जिल्लामा भेन्टिलेटरसहितको आईसीयू सञ्चालनका लागि दक्ष जनशक्ति अभाव रहेको स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीले बताए । रासस

आइसीयू सञ्चालनका लागि जनशक्ति अभाव

बझाङ । जिल्ला अस्पताल बझाङमा भेन्टिलेटर सञ्चालनका लागि दक्ष जनशक्ति अभाव भएको छ । सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रत्येक पहाडी जिल्लामा दुईवटा भेन्टिलेटरसहित आइसीयू कक्ष राख्ने निर्णयअनुरुप उक्त आइसीयु शय्या ल्याइएको हो । गत वर्ष नै जिल्लामा ल्याइएको उक्त मेसिन

दैलेख अस्पतालमा सेवा विस्तार तर जनशक्ति अभाव

जिल्ला अस्पताल दैलेखले अस्पताल स्तरोन्नतिसँगै गुणस्तरीय सेवा दिन थाले पनि जनशक्तिको अभाव रहेको बताएको छ । कोरोना महामारीबीच सीमित स्रोत र साधनका भरमा पनि उत्कृष्ट व्यवस्थापन गर्दैआएको अस्पतालले दावी गरेको छ ।

स्तर वृद्धिको पर्खाइमा जिल्ला अस्पताल सल्यान

कात्तिक १३, सल्यान । ग्रामीण क्षेत्रका जनताको स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले सञ्चालन भइरहेको जिल्ला अस्पताल सल्यानको स्तर वृद्धि हुन सकेको छैन ।  १५ शय्याको अस्पतालको रुपमा मान्यता प्राप्त भएको झण्डै चार दशक पूरा भएको छ । तर यसको स्तर वृद्धि गरेर ५० शय्याको बनाउनको लागि सरोकारवालाहरुले एक दशकयता पहल गरिरहेका छन् ।  जिल्लाका सरोकारवाला निकायहरुले गरेको पहलले सार्थकता पाउन सकेको छैन । अस्पतालको स्तर वृद्धिका लागि आवश्यक भौतिक पुर्वाधार तयार पार्न स्थानीय, प्रदेश र केन्द्र सरकारले चासो देखाएपनि स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पतालको स्तर वृद्धिको स्वीकृति नदिँदा समस्या भएको जिल्ला अस्पताल स्रोतले जानकारी दिएको छ ।  जिल्ला अस्पतालमा अहिले बिरामीको चाप छ । दैनिक १५० देखि २०० जना सम्म बिरामी आउँछन् । जटिल र सामान्य गरेर मासिक १५० बढी सुत्केरी हुन्छन् । अस्पतालमा अप्रशेन देखि दन्त सेवा समेत सञ्चालन छ । अस्पतालले १५ शय्याको मान्यता पाएपनि आकस्मिक र अन्य गरेर ४० शय्यामा सञ्चालन भइरहेको छ । यसै वर्षदेखि ३३ करोडको लागतमा नयाँ भवन निर्माण शुरु गर्ने तयारी गरिएको छ ।  अहिलेका संरचनाबाट नै तत्कालका लागि ५० शय्याको अस्पताल सञ्चालन गर्न सकिने र थप पुर्वाधारहरु निर्माणका लागि सहयोगी निकायले चासो दिईरहेकाले मन्त्रालयले अस्पतालको स्तर वृद्धिको निर्णय गरिदिए जिल्लावासीले सहज स्वास्थ्य सेवा पाउने स्वास्थ्यकर्मीहरुको भनाइ छ । अस्पतालमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुनु र १५ शय्याको अस्पताललाई ४० शय्यामा सञ्चालन गर्दा स्वास्थ्यकर्मीलाई भ्याइ नभ्याइ भएको अस्पतालका डा. प्रदिप शर्माले बताए ।  अस्पतालको स्तरवृद्धि नहुँदा समस्या भइरहेको उनको भनाइ छ । ‘जिल्ला अस्पतालमा सेवा लिनको लागि रोल्पा, रुकुम, जाजारकोटबाट समेत आउनुहुन्छ, यहाँ बिरामीको चाप नै हुन्छ, अस्पताल १५ शय्याको मात्रै भएकाले त्यही अनुसारको जनशक्ति छ, तर हामीले ४० शय्यामा सञ्चालन गरिरहेका छौँ’ उनले भने ‘उपचारका लागि यहाँ आएका बिरामीहरुलाई सकेसम्म यहीबाट नै निको बनाएर उठाउने हाम्रो प्रयास छ ।’  दोस्रो लहरको कोरोनाको उच्च जोखिमको समयमा भने झण्डै ७० बेड मार्फत सेवा प्रवाह गरिएको थियो । जिल्ला अस्पतालले ५० शय्याको मान्यता पाएमा स्वास्थ्यकर्मीको दरबन्दी बढ्ने, भौतिक संरचना थप निर्माण हुने तथा सेवा थप बिस्तार हुने र जसले गर्दा स्वास्थ्यकर्मीको अभाव, भवन अभाव जस्ता समस्या झेल्नु नपर्ने अस्पताल स्रोतले बताएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले प्रदेश सरकारले पठाएका भेन्टिलेटर र आईसीयूका सामान प्रयोग बिहीन भएको बताए । तालिम प्राप्त जनशक्ति अभाव, भवन अभाव, सामान अपुग जस्ता कारण अस्पतालमा ६ शय्याको भेन्टिलेटर र १४ शय्याको आईसीयू सञ्चालन गर्न नसकिएको उनको भनाइ छ । जिल्ला अस्पतालमा डाक्टर देखी कार्यालय सहयोगी सम्म गरेर ६५ जनाको दरबन्दी हो । अस्पतालमा ८ चिकित्सकको दरबन्दी भए पनि अहिले ४ जना कार्यरत छन् । ती सबै करारका हुन् । अस्पतालमा सबै गरेर १५/२० जना भन्दा बढी स्थायी कर्मचारी छैनन् । ‘लामो समयदेखि लोकसेवा खुल्न नसक्दा स्थायी कर्मचारी आउन नसकेको होलान्’ उनले भने ‘तर हामीले दरबन्दी अनुसारको स्वास्थ्यकर्मी सहितको कर्मचारी हुनुपर्छ भनेर माग गरेका छौँ ।’  अस्पताल व्यवस्थापन समितीका अध्यक्ष चन्द्र प्रकाश ओलीले तत्कालै अस्पतालको स्तर वृद्धि गरिनुपर्ने बताए । यसबारेमा स्थानिय सरकार, प्रदेश सरकार, संघिय सरकार, जिल्लाका नेतृत्वकर्ताहरुलाई घचघच्याउने काम गरिरहेको उनको भनाइ छ ।  १५ शय्याको अस्पताल ४० शय्यामा सञ्चालन भइरहेकोले केही समस्या भएको बताउँदै उनले भने ‘हामीले सेवालाई प्रभावकारी र स्तरीय बनाउनमा ध्यान केन्द्रित गरेका छौँ, ५० शय्याको मान्यता पाए लगत्तै सेवामा थप सुधार हुनेछ ।’

अस्पतालमा जनशक्ति अभावले थन्किए उपकरण

मनाङ । कोरोना महामारीसँगै स्वस्थ्य सुरक्षाका लागि उपकरण उपलब्ध गराइएको छ । जिल्लाको एक मात्र अस्पताल कहिले उपकरण अभाव त कहिले जनशक्ति अभाव थेग्दै आएको छ । हाल अस्पतालमा भेन्टिलेटर उपलब्ध भए पनि जनशक्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन । २०७७ असारमा प्रदेश सरकारले अस्पताललाई दुइटा भेन्टिलेटर उपलब्ध गराएको थियो । अस्पतालमा भेन्टिलेटर छ, तर चलाउने जनशक्ति नहुँदा उक्त सेवा सञ्चालनमा आउन सकेको छैन ।      अस्पतालमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि १० महिनाअघि भेन्टिलेटर पुगेको हो । कुनै पनि बिरामीको अवस्था जटिल बनेको समय भेन्टिलेटरको आवश्यकता पर्ने भन्दै १० महिनाअघि नै  अस्पतालमा भेन्टिलेटर ल्याइएको थियो । मनाङमा दुई मात्र चिकित्सक डा. प्रतिभा गौली र डा. सन्तोष अधिकारी कार्यरत छन् । ‘कोभिडका बिरामीका लागि उपचार गराउन भेन्टिलेटरका सबै सामग्री छन् तर जडान गरिएको छैन’, डा. अधिकारीले भने, ‘भेन्टिलेटरसम्बन्धी तालिमप्राप्त चिकित्सक भए सहज हुन्थ्यो । जनशक्ति अभावले सेवा प्रवाहमा समस्या छ ।’ डा. प्रतिभा गौलीका अनुसार प्रदेश सरकार मातहात झन्डै २० करोड रुपैयाँ लागतमा जिल्ला अस्पताल निर्माण हुँदै गरेको छ । भएका जनशक्तिको अवधि सकिनु उपकरण सञ्चालन नहुनु दुर्गमको समस्या रहेको डा. गौली बताउँछिन् ।      भेन्टिलेटरको आवश्यकता त्यतिबेला पर्छ, जब बिरामीको अवस्था गम्भीर हुन्छ । यसलाई नियन्त्रण गर्न लाइफ सपोर्ट सिस्टम वा भेन्टिलेटरको सहयोग लिने गरिन्छ । डा. अधिकारीका अनुसार भेन्टिलेटर बिरामीलाई निको पार्न र जिउँदो राख्न प्रयोग गरिन्छ । अस्पतालमा भेन्टिलेटरसहित दुई शय्याको आइसीयू निर्माणका लागि सामान खरिद गरिएको छ । जनशक्ति अभाव भएकाले उक्त सेवा सञ्चालन गर्न नसकिएको मनाङ जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक रहमत अन्सारीले बताए । उनका अनुसार हाल जिल्ला अस्पतालमा जम्मा पाँच कर्मचारी कार्यरत छन् । सिनियर अहेब प्रमुख अन्सारी, डा. प्रतिभा गौली, डा. सन्तोष अधिकारी, नर्स बिना पौडेल र ल्याबमा करारका कर्मचारी प्रकाश रोका छन् ।      दुई चिकित्सकको दरबन्दी भए पनि मनाङ जिल्ला अस्पतालमा दरबन्दीका चिकित्सक एक जना मात्र छन् । डा. सन्तोष अधिकारी पनि करारका कर्मचारी हुन् । जिल्ला अस्पतालले हालसम्म धेरै बिरामीको चाप थेग्नु नपरे पनि कुन समयमा के पर्छ, त्यसको तयारी हुनु जरुरी रहेको अनुभव डा. अधिकारीको छ ।   कोरोना महामारीले जिल्ला स्वस्थ्य प्रमुख नै संक्रमित भएपछि अस्पताल नै बन्द गर्नुपरेको थियो । जिल्लामा भएको एक मात्र अस्पताल र एक मात्र चिकित्सक हुँदा कन्ट्याक ट्रेसिङमा पर्दा आवश्यक जनशक्ति अभावका कारण अस्पताल नै बन्द गर्नुको विकल्प नभएको डा. अधिकारीले बताए । स्वास्थ्य क्षेत्रमा पर्याप्त जनशक्ति नहुनु, भएका उपकरण प्रयोगमा आउन नसक्नु ठूलो चुनौती रहेको छ । हिमाली जिल्ला जटिल बिरामी भए समयमा उपचार गर्न नपाउँदा जीवन नै तलमाथि हुन सक्छ । रासस