नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा दाबी गरेका नेता ईश्वर पोखरेलले वरिष्ठ उपाध्यक्ष आफूले पाउनुपर्ने नभए पद नै खारेज गर्नुपर्ने माग गरेका छन् ।
अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा उनले यस्तो माग गरेका हुन् ।
‘वरिष्ठ उपाध्यक्ष मैले पाउनुपर्छ नभए पद खारेज हुनुपर्छ,’ पोखरेलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
दुई नेताले दाबी नछाडेपछि पदाधिकारीको सूची बनाउने जिम्मा पाएका केपी ओली अप्ठेरोमा परेका छन् ।
ओलीले निवर्तमान महासचिव ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाउने तयारी गरे...