विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले कोरोना भाइरसलाई हलुकासँग नलिन आह्वान गरेका छन् ।
उनले शनिवार एक ट्वीट गर्दै जानीजानी आगोमा हात नहाल्न आह्वान गरेका हुन् ।
कोरोना महामारी बढ्दै गइरहेको अवस्थामा अहिले सुस्वास्थ्यको कामना गर्ने सबैलाई फोन गर्न नसकिने अवस्था आइसकेको बताउँदै संयोजक मिश्रले यसलाई कम नसोच्न आग्रह गरेका हुन् ।
उनले भनेका छन्, 'कोभिड १९ ग्रस्त आफन्त र साथीभाइको संख्या यति बढ्यो कि अब सुस्वास्थ्यको कामना गर्न सबैलाई फोन पनि गर्न नसकिन अवस्था आइसक्यो। यो पीडादायी विमारीबाट ग्रस्त...