प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले धेरै कार्यक्षेत्र रहेका मन्त्रालयको काम नयाँ ढङ्गले गरिने बताएकी छिन् ।
प्रदेश प्रमुखको कार्यालयमा आज शपथ लिए लगत्तै मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै उनले औपचारिक कार्यक्रमको उद्घाटन र समापनमा समय बिताउने भन्दा पनि मन्त्रालयको कामलाई बढी प्राथमिकता दिने कुरामा जोड दिइन् ।
उनले भनिन्, “उद्घाटन र समापनलाई धेरै प्राथमिकतामा राख्ने छैन, जनता लक्षित कार्यक्रमलाई प्राथमिकता दिएर अघि बढ्ने छौँ ।” मन्त्री राईले आफूले फरक तरिकाले काम गर्ने सोच बनाएकाले यसमा सबै कर्...