पछाडिबाट हस्याङ्फस्याङ् गर्दै छोरी आइपुगी। ‘सानी काकी, काइँला हजुरबा बित्नुभो अरे। जुठो पर्यो, हजुरबा पल्लो घर जानुभाछ।’
मैले लामो सास फेरेँ। धन्न काइँला बा बिते र मेरो सिन्दुर जोगियो। मान्छेको मन कति स्वार्थी हुँदो रहेछ।
श्रीमान घर फर्कने दिन आउँदै थियो। अब म पनि १७ वर्ष पूरा भई १८ वर्षमा प्रवेश गरेकी थिएँ। वैंशमा घोर्ले स्याल पनि राम्रो देखिन्छ अरे। कुकुरको पुच्छर बांगिएको देख्दा पनि हाँसो उठ्ने उमेर।
के हामीले मेरी आमाजस्ता हजारौंको सिन्दुर पुछेर, मजस्ता कयौंलाई बाल्यकालमै टुहुरा बनाएर हासिल गरेका राजनीतिक उपलब्धि यति फितला छन्, जहाँ मैले आफ्नी आमाको नामबाट नागरिकता लिएकैले ती भड्खालोमा जान्छन्?
न झुल्किदै घाम अगावै
आमा त्यो डाँडामा झुल्किएकी हुन्छिन्
एक मुठी भटमासले
आधि रात सम्म पेट धानेर
पिठ्युमा गरीबीको डोकोले
थिचेपछि
उज्यालोमा कहिल्यै छोराछोरीको
अनुहार देख्न पाइनन् ।
समयले कैयौलार्इ ठगेपनि
मेरी आमाको सिन्दुर पोते
उसैदिन लुटेको थियो
जुन दिन
मेरा बा देश मुक्तिको लागि
घर छाडेका थिए
अचेल बेगले
आँगनका डिलबाट हुइकिएका
पँजेरोहरुले
मेरी आमाको सपना उडाएका छन्
धर्तीसँगै,आमाका मनहरु
हल्लाएका छन् ।
यो देशले मुक्तिको स्वास फेरि पनि
मेरी …