असनको फुटपाथ खाली गर्न निर्देशन

काठमाडौं, २१ भदौ । असन क्षेत्रका फुटपाथको सामान खाली गर्न काठमाडौं महानगरपालिकाले भोलिसम्मको समय दिएको छ । आजदेखि महानगरले फुटपाथमा राखिएका पसलहरु हटाउन सुरु गरेको हो । महानगरले मानिसहरु हिड्ने बाटोमा राखिएका विभिन्न किसिमका सामानहरु हटाउन निर्देशन दिएको हो । व्यवसायीहरुले आफैले सामान नहटाए भोलि महानगरको गाडी गएर हटाउने जनाइएको छ ।

सम्बन्धित सामग्री

बुटवलमा फुटपाथ खाली गर्न ३ दिने अल्टिमेटम

बुटवल उपमहानगपालिकाले सडक क्षेत्रका व्यवसाय हटाउन स्थानीय व्यवसायीहरूलाई ३ दिनको अल्टिमेटम दिएको छ ।उपमहानगरले शुक्रबार सूचना जारी गर्दै सडक क्षेत्रभित्र रहेका निर्माण सामग्री, पसल, ठेला, सवारी तथा वर्कसपहरू हटाउन निर्देशन दिएको हो ।

धोबीखोला करिडोरमा सडक र फुटपाथ खाली गर्न नियमित अनुगमन हुन्छ : मन्त्री झाँक्री

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले धोबीखोला करिडोरमा सडक ओगटेर राखिएका निर्माण सामग्री हटाउन निर्देशन दिएकी छन् । बुधबार धोबीखोला करिडोरको स्थलगत अनुगमन गर्दै मन्त्री झाँक्रीले सडकमा निर्माण समग्री राख्दा दोहोरो आवतजावतमा कठिनाइ भएको भन्दै सडक ओगटेर राखिएका निर्माण सामग्री हटाउन निर्देशन दिएकी हुन् । मन्त्री झाँक्रीले धोबीखोला करिडोरमा सडक र फुटपाथलाई...

कर्णाली प्रदेशमा सडक सुरक्षा कार्यक्रम लागू

धर्मराज जि.सी.- सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर बजारका फुटपाथ खाली गर्न नगरपालिकालाई निर्देशन दिएका छन्। प्रदेशको राजधानी सुर्खेतमा समृद्धिका लागि सुरक्षा अभियानअन्तर्गत सडक सुरक्षा कार्यक्रमको उदघाटन गर्दै मुख्यमन्त्री शाहीले सुरक्षाका लागि फुटपाथ...