अर्घाखाँची – अर्घाखाँचीमा प्रतिनिधि सभाकाे मतगणनामा नेकपा एमालेले अग्रता लिएकाे छ ।
अहिलेसम्म तीन हजार आठ सय ६४ मतगणना हुँदा एमालेका टाेपबहादुर रायमाझीले दुई हजार दुई सय दुई मतसहित अग्रता लिइरहनुभएकाे हाे । उहाँलाई नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसालले एक हजार चार सय ४० मतसहित पछ्याइ रहनुभएकाे छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिप्रसाद भुसालले ९९ मत प्राप्त गर्नुभएकाे छ ।