ब्रेल पाठ्यपुस्तकमा त्रुटि, दृष्टिविहीन विद्यार्थी र शिक्षकलाई समस्या

काठमाडौं : विद्यालय स्तरका दृष्टिविहीनहरूका लागि छापिएका ब्रेल पाठ्यपुस्तकमा त्रुटि भेटिएको छ। जसकारण  दृष्टिविहीन विद्यार्थी र शिक्षकहरूलाई समस्या भएको छ।दृष्टिविहीनहरूका लागि ब्रेल लिपिमा पाठ्यपुस्तक छापिन्छ। सोही पाठ्यपुस्तक उनीहरूले छामेर पढ्छन्। ललितपुरको एक विद्यालयमा  दृष्टिविहीनहरूलाई पढाउने शिक्षिकाले ब्रेल पाठ्यपुस्तकमा ५० प्रतिशत गल्ती पाइएको बताइन्। ‘ब्रेल पाठ्यपुस्तकमा धेरै गल्ती छ,’ दृष्टिविहिन ती शिक्षिकाले भनिन्, ‘एक लाइनमा नेपाली भए अर्को ला