अर्थतन्त्रले ‘रिफर्म’ खोजिरहेको विज्ञहरूको भनाइ

काठमाडौं । विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्स लगायत बाह्य क्षेत्र सुधार हुँदा पनि अर्थतन्त्र चलायमान हुन नसकेको भन्दै विज्ञहरूले चिन्ता जनाएका छन् । महिला आर्थिक पत्रकार संघको आयोजना र नबिल बैंकको सह-आयोजनामा भएको नीतिगत बहसमा उनीहरूले देशको अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार आएपनि अझै आन्तरिक क्षेत्रमा किन समस्या ? भन्दै प्रश्न गरे । अर्थविद् प्रा.डा. शिवराज अधिकारीले […]

सम्बन्धित सामग्री

‘नयाँ पुस्ता अनुकूल आर्थिक सुधारका लागि निजी क्षेत्रसँग सहकार्य’

अर्थतन्त्रले नयाँ पुस्ता अनुकूलको आर्थिक सुधार माग गरेको बताउँदै मंगलबार बजेट ल्याएका अर्थमन्त्री वर्षमान पुनले ‘नयाँ चरणको सुधार योजना’मा युवापुस्तालाई देशभित्र टिकाउन ‘ग्लोबल आईटी हब’जस्तो महत्त्वाकांक्षी योजना अघि सारिएको बताएका छन् । आम जनता, व्यवसायी, उद्यमीसँगै युवापुस्तालाई देशभित्र अवसर रहेको प्रत्याभूति दिलाउने गरी बजेट व्यवस्थापनमा जोड दिइएको उनको भनाइ छ ।

अर्थतन्त्रले ‘रिफर्म’ खोजेको छ : विज्ञ

काठमाडौं । विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्सलगायत बाह्य क्षेत्र सुधार हुँदा पनि अर्थतन्त्र चलायमान हुन नसकेको विज्ञले बताएका छन् । महिला आर्थिक पत्रकार संघको आयोजना र नबिल बैंकको सह—आयोजनामा भएको नीतिगत बहस कार्यक्रममा वक्ताले देशको अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार आए पनि आन्तरिक क्षेत्रमा समस्या भएको भन्दै प्रश्न गरेका छन् ।  अर्थविद् प्रा.डा. शिवराज अधिकारीले बाह्य क्षेत्र मात्र सहज छ भनेर ढुक्क हुने अवस्था नभएको बताए । उनले भने, ‘बाह्य क्षेत्र ठीकठाक छ भनेका छौं तर खै त अर्थतन्त्र चलायमान भएको ? अर्थतन्त्रले अब रिफर्म खोजिरहेको छ ।’ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले बाह्य क्षेत्र राम्रो भए पनि आन्तरिक क्षेत्रमा अझै समस्या रहेको सही भएको बताए । यद्यपि २ वर्षअघिभन्दा अहिले केही सुधार भएको पाटोलाई भन्ने भुल्न नहुने उनले उनले बताए ।  आन्तरिक मागमा कमी आउँदा अर्थतन्त्र गतिशील हुन नसकेको श्रेष्ठको भनाइ छ । उनले भने, ‘सरकारको वित्त व्यवस्थापनमा कमजोरी भइरहेको छ । वित्तीय नीति ७६१ ओटा र मौद्रिक नीति एउटा मात्र छ । मौद्रिक नीतिले धेरै सम्बोधन गरेको छ, अब वित्तीय नीतिले पनि बुझेर आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।’ डा. श्रेष्ठले मौद्रिक नीतिले गेयर परिवर्तन गरिसकेको बताए ।  यता नेपाल बैंकर्स एशोसियशनका अध्यक्ष सुनिल केसीले नेपाली बैंकले ट्याकल गर्नै नसक्ने अवस्थाबाट बाहिर आइसकेको बताए । तरलताको हिसाबले नेपाली बैंक सबैभन्दा उत्तम अवस्थामा रहेको केसीको भनाइ छ ।  उनले भने, ‘बैंकहरूले ४० वर्षको अवधिमा अधिकांश समय केही न केही चुनौतीको सामना गरिरहनु पर्यो । तैपनि बैकिङ क्षेत्रले गरेको वित्तीय समावेशिताको योगदान उच्च छ । विश्वका शक्तिशाली बैंकहरूमा नकारात्मक संकेत देखिरहेको छ त । नेपालका बैंकहरू सहज अवस्थामा छन् ।’  कार्यक्रममा अन्य वक्ताहरूले पनि अर्थतन्त्र सुधारको आवश्यकता औंल्याएका थिए ।

केही समयपछि अर्थतन्त्रले लय समात्छ : डा. महत

विराटनगर। कोभिड–१९ को समयदेखि समस्याबाट गुज्रिरहेको अर्थतन्त्र केही समयपछि लयमा आउने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । मोरङ व्यापार संघद्वारा आयोजित एमबीएस एक्स्पो २०२३ समापन कार्यक्रममा अर्थमन्त्री महतले यस्तो टिप्पणी गरेका हुन् । उनले भने, ‘अर्थतन्त्र केही समस्यामा थियो अझै पनि छ, तर आउने दिनमा सकारात्मकतिर जान्छ र यसले लय समात्नेछ ।’ केही सकारात्मक सूचकका आधारमा अर्थतन्त्र सुधारमा जाने देखिएको महतको भनाइ छ ।  बजेटले ६ दशमलव ५ प्रतिशतमा राख्ने भनेको मूल्यवृद्धि अहिले ५ दशमलव ३८ प्रतिशतमा झर्नु सकारात्मक रहेको उनले बताए । त्यस्तै शेयर कारोबार १८ सयबाट २२ सयमा पुग्नु, शिथिल भएको जग्गा कारोबारमा सुधार हुनु, बैंकहरूको ब्याजदर घट्नु र ऋण प्रवाह बढ्नुलाई उनले सकारात्मक भने । पर्यटक आगमन बढ्नुलाई पनि उनले अर्थतन्त्र सकारात्मक दिशामा रहेको इन्डिकेटरका रूपमा अथ्र्याए । विदेशबाट आउने विप्रेषण ३० प्रतिशतसम्म बढेको, पूँजीमा यसको सकारात्मक प्रभाव रहेको र १ वर्षलाई पुग्ने विदेशी मुद्रा सञ्चिति रहेकाले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न सकिने उनले दाबी गरे । उद्योगी व्यवसायीलाई अहिले आत्मविश्वासको आवश्यकता रहेको भन्दै उनले सामाजिक सञ्जालमा नकारात्मक कुरा बढी भएको बताए ।  ‘यो देशमा भविष्य नै पो छैन कि, उद्योग व्यवसाय, रोजगारी बढ्न सक्ने अवस्था छैन कि भन्ने खालका नकारात्मक कुरा मात्रै बढी भए । सबैले नेगेटिभ कुरा मात्रै गर्न थालेकाले आत्मविश्वास कमजोर भएर गयो,’ उनले भने, ‘त्यसैले अहिले अर्थतन्त्रका इन्डिकेटरहरू सकारात्मक भइरहेको अवस्थामा उद्योगी व्यवसायी साथीलगायत नागरिक समाज, राजनीतिक क्षेत्र सबैले सकारात्मक बहसको थालनी गरौं ।’  उनका अनुसार कोभिडका बेला भएको गल्ती सच्याउन राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याएर रोक्न खोज्दा ब्याजदर ह्वात्तै बढ्यो । जग्गा पनि विक्री भएन, शेयरबजार पनि बढेन, बैंकको दायित्वचाहिँ बढ्यो । ऋण तिर्न सक्ने अवस्था आएन अनि समस्या आयो । अहिले कसिलो मौद्रिक नीति खुकुलो बनाउँदा ब्याजदर घटेको उनको भनाइ छ । अर्काले नाफा कमाएको देखेर त्यही उद्योग खोल्ने प्रवृत्तिले पनि समस्या आएको भन्दै मन्त्री महतले नयाँ क्षेत्र खोजेर लगानी गर्न सुझाव दिए ।  अनावश्यक क्षेत्रमा भएको लगानी र प्रतिफल पाउने क्षेत्रमा सरकारले लगानी नगर्दा समस्यालाई मलजल पुगेको उनले बताए । अर्थतन्त्र धेरै समस्याबाट गुज्रिएकाले रातारात सकारात्मक नहुने, विस्तारै हुने र यो क्रम शुरू भएको उनले बताए ।  सामाजिक सुरक्षालगायत दायित्वको कारण विकास खर्च खुम्चिएको अर्थमन्त्री महतको भनाइ छ । ‘आम्दानी थोरै र खर्च गर्नुपर्ने क्षेत्र बढी भएकाले पूँजीगत खर्च खुम्चिएको हो,’ उनले भने, ‘आईटी र हाइड्रोको योजनाहरुले अब अर्थतन्त्रमा टेवा पुग्ने देखिन्छ ।’ विद्युत् प्राधिकरण र उद्योगीबीचको समस्या चाँडै टुंगिनुपर्ने पनि उनले बताए । तिर्नुपर्ने अवस्था हो भने तिर्ने र तिर्नु नपर्ने अवस्था हो भने नतिर्ने गरी यसको छिनोफानो गर्नुपर्ने डा. महतले बताए ।

अर्थतन्त्रले सर्जरी नै खोजेको छ, सामान्य झारफुकले पुग्दैनः स्वर्णिम वाग्ले

काठमाडौं । अर्थविद् तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले वित्त नीतिमा लचिलो बन्ने स्पेस छैन भन्दै मौद्रिक उपकरणबाट अगाडि जान्छौं भन्ने अर्थमन्त्रीको भनाइ गलत भएको बताएका छन् । सोमबार संसदमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा आफ्नो धारणा राख्दै उनले खोज्न सक्ने हो र सिर्जनशील हुने हो भने लचिलो बन्ने पर्याप्त ठाउँ रहेको बताएका हुन् ।

अबको यात्रा आर्थिक समृद्धिको हो : अध्यक्ष पाण्डे

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका अध्यक्ष दीपक पाण्डेले अबको यात्रा आर्थिक समृद्धिको भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘दिगो आर्थिक विकास’ कार्यक्रमको उद्घाटन समारोहमा यस्तो बताएका हुन् । उनले दिगो विकासको गति कमजोर भएको पनि बताए । आयातित अर्थतन्त्रले विकास हुन नसकेको उनको भनाइ छ । उत्पादन बढाउन नसकेसम्म आर्थिक...

श्रीलङ्काद्वारा आफू टाट पल्टिएको घोषणा

काठमाडौँ । श्रीलङ्काले आफू टाट पल्टिएको घोषणा गरेको छ । त्यहाँका प्रधानमन्त्री रनिल विक्रेमासिंघेले देशको अर्थतन्त्रले घुँडा टेकेकाले देश टाट पल्टिएको बताएका हुन् । विदेशी मुद्राको अभावमा महिनौँदेखि धर्ममराउँदै आएको अर्थतन्त्र ढलेको उनको भनाइ छ । देश बाहिरबाट कुनै पनि सामग्री खरिद गर्न नसक्ने अवस्थामा पुगेको र विदेशी ऋणको ब्याज भुक्तानी गर्ने अवस्था पनि नरहेको […]

श्रीलंकाद्वारा टाट पल्टिएको घोषणा

काठमाडौं । श्रीलंकाले आफू टाट पल्टिएको घोषणा गरेको छ । त्यहाँका प्रधानमन्त्री रनिल विक्रेमासिंघेले देशको अर्थतन्त्रले घुँडा टेकेकाले देश टाट पल्टिएको बताउनु भएको हो । विदेशी मुद्राको अभावमा महिनौंदेखि धर्ममराउँदै आएको अर्थतन्त्र ढलेको उहाँको भनाइ छ । देश बाहिरबाट कुनै पनि सामग्री खरिद गर्न नसक्ने अवस्थामा पुगेको र विदेशी ऋणको ब्याज भुक्तानी गर्ने अवस्था पनि […]

कोरोना सङक्रमण बढे पनि पाकिस्तानमा तत्काल लकडाउन र विद्यालय बन्द नहुने

काठमाण्डौ – कोरोना भाइरसको सङ्क्रमण वृद्धि भएपनि पाकिस्तानमा तत्काल लकडाउन र विद्यालय बन्द नहुने भएका छन् ।  पाकिस्तानमा कोभिड–१९ को सङ्क्रमण दर उच्च छ । तर तत्काल विद्यालय बन्द गर्ने कुनै तयारी नरहेको पाकिस्तान सरकारले जनाएको छ ।  पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री फवाड चौधरीले केन्द्र सरकारलाई कोरोनाको बढ्दो सङ्क्रमणबारे पूर्ण जानकारी रहेको तर तत्काल पुनः लकडाउन वा विद्यालय बन्द गर्ने अवस्थामा नरहेको बताउनुभएको छ । अर्को लकडाउनको बोझ देशको अर्थतन्त्रले बोक्न नसक्ने उहाँको भनाइ छ ।  कोरोना भ...

महिलालाई उद्यमसँग नजोडेसम्म अर्थतन्त्रले गति लिदैन  :  अध्यक्ष  गोल्छा

भदौ २१, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले महिलालाई उद्यमसँग नजोडेसम्म मुलुकको अर्थतन्त्रले गति लिन नसक्ने बताएका छन् ।            नेपाल महिला उद्यमी महासंघले  गत भदौ १७ गतेदेखि शुरु गरेको ‘पाँचौं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला–२०७८’को समापनमा उनले मुलुकको अर्थतन्त्रलाई सबल बनाउन महिलालाई उद्यमसँग जोड्नुपर्ने बताएका हुन् ।            ‘मेलाले महिला उद्यमीलाई क्षमतावान बनाउँदै अनलाइनमार्फत उत्पादित वस्तु विक्री वितरण गर्नु राम्रो कुरा हो, यसले मुलुकको अर्थतन्त्रलाई चलायनमान बनाउन सहयोग पुगेको छ’, उनले भने ।             अझै पनि ९० प्रतिशत महिला घरयासी काममै रहेको उनको भनाइ थियो । उनले अहिले मुलुकमा महिलाको स्वामित्वमा रहेका संस्थाको संख्या २ लाख ५० हजार पुगेको भन्दै यसले महिलालाई आर्थिक रूपमा सशक्त बनाउँदै लैजाने बताए।             व्यापार निकासी प्रवर्द्धन बोर्डका निमित्त कार्यकारी निर्देशक सुयस खनालले कोरोना महामारीका बीचमा गरिएको महिला उद्यम मेलाले आगामी दिनमा हुने भर्चुअल मेलालाई सहयोग पुग्ने बताए । उनले बोर्डले नेपालका उद्यमीको जानकारी दिने उद्देश्यले ‘ट्रेड पोर्टल’ सञ्चालनमा ल्याएको भन्दै यसमा जोडिन सम्पूर्ण महिला उद्यमीलाई आग्रहसमेत गरे । आगामी दिनमा महासंघसँग सहकार्य गरेर अगाडि बढ्ने उनको भनाइ थियो ।             महासंघकी अध्यक्ष रिता सिंहले पाँच दिनसम्म चलेको मेलामा १ लाखभन्दा बढीले मेलाको अवलोकन गरेको जानकारी दिइन् । कोरोना महामारीका बीच गरिएको भर्चुअल मेलामा उल्लेख्य जनसहभागिता जुटेको उनको भनाइ थियो ।             महासंघकी प्रथम उपाध्यक्ष एवं मेला संयोजक निरु रायमाझी खत्रीले मेलाले नेपाली उत्पादित वस्तुलाई अन्तरराष्ट्रियस्तरसम्म जोड्न सहयोग पुगेको बताइन्। महासंघकी द्वितीय उपाध्यक्ष शोभा ज्ञवालीले मेलामा उपत्यकाभित्र र काभ्रेबाट माग भएका सामग्रीलाई महासंघले डेलिभरी प्रदान गरेको बताइन् । उक्त मेलामा विभिन्न उत्पादित वस्तुको ८२ ओटा प्रदर्शनी कक्ष राखिएको थियो ।             महासंघकी महासचिव सुनिता वैद्य श्रेष्ठले मेलामा हस्तकला, रेशाजन्य, फेल्ट, कागजजन्यलगायत वस्तुहरू प्रदर्शनमा राखिएको बताइन् । हाल देशभर ५७ ओटा जिल्लामा महिला उद्यमी संघ गठन भए पनि पाँचौं मेलामा भने २४ ओटा जिल्लाका महिला उद्यमी संघको सहभागिता रहेको थियो ।             उक्त मेलामा जिल्लातर्फ महिला उद्यमी संघ गोरखा प्रथम, महिला उद्यमी संघ सङ्खुवासभा द्वितीय र महिला उद्यमी संघ बाँके तृतीय भएका छन् । रासस

आन्तरिक प्रवद्र्धनबाटै बचाउन सकिन्छ पर्यटन

कोरोना भाइरसको प्रभाव विश्वव्यापी भइरहँदा नेपालमा भने पर्यटन क्षेत्र यसबाट सबैभन्दा बढी प्रभावित छ । देशका मुख्य पर्यटकीय क्षेत्रहरू खाली छन्, अन्तर्राष्ट्रिय उडानहरू रोकिएका छन् भने होटलका कोठाहरू पनि केही सातादेखि सबैजसो खाली छन् । नेपाल भ्रमण वर्ष २०२० को अन्तर्राष्ट्रिय प्रवद्र्धन स्थगित गरिए पनि भ्रमण वर्षको घोषणा फिर्ता भएको छैन । यसरी पर्यटन क्षेत्र दुर्घटनाको सँघारमा रहेका बेला यसलाई बचाउन समयमै पाइला नचाल्ने हो भने मुलुकको अर्थतन्त्रले नै ठूलो क्षति बेहोर्नुपर्ने सरोकारवालाहरूको भनाइ छ ।