घरमा विषालु सर्प पसेपछि अर्घाखाँचीको झन्द्रेक गाउँ आतंकित

काठमाडौँ : घरमा सर्प पसेपछि अर्घाखाँचीको झन्द्रेक गाउँ आतंकित बनेको छ । पाणिनि गाउँपालिका ७ झन्द्रेकमा रहेको नरेन्द्रप्रसाद बन्जाडेको घरमा विषालु सर्प (किङ कोब्रा) पस्दा गाउँ आतंकित भएको हो ।  आइतबार दिउँसो घरमा पसेको सर्प सोमबारसम्म पनि निस्केको छैन । सर्प पसेपछि परिवारले घर छाडेका छन् । एउटा कोठामा सर्पलाई थुनेर…

सम्बन्धित सामग्री

विषालु सर्प उद्धार तथा पुनःस्थापनाका लागि तालिम

दाङ – दाङमा विषालु सर्प उद्धार तथा पुनःस्थापनाका लागि सीप तथा प्राविधिक सहयोगसम्बन्धी तालिम दिइएको छ । जिल्लास्थित डिभिजन वन कार्यालय घोराहीले सरोकारवाला निकायलाई आज तालिम दिएको हो । तालिममा विषालु र अविषालु सर्पको पहिचान, विषालु सर्पको टोकाइबाट बच्ने उपाय र सर्प उद्धारका विषयमा जानकारी गराइएको डिभिजन वन कार्यालयका प्रमुख डिभिजनल अधिकृत मोहनप्रसाद श्रेष्ठले जानकारी […]

पर्वतको बितलबमा फेरि पनि देखियो सबैभन्दा विषालु सर्प ‘किङ कोब्रा’

पर्वत : विगतमा पनि राज गोमन अर्थात् ‘किङ कोब्रा’ सर्प भेटिएको पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीमा फेरि पनि ‘किङ कोब्रा’ देखिएको छ।वडाध्यक्ष रामचन्द्र सुवेदीका अनुसार शुक्रवार बिहान करिब आठ बजेको समयमा स्थानीय बेलप्रसाद सुवेदीको गोठमा ‘काली नाग’ का नामले समेत परिचित ‘किङ कोब्रा’ देखिएको थियो। ‘किङ कोब्रा’ नै भएको भए लोपोन्मुख प्रजातिको सर्प हुने भएकाले त्यसको उद्धार र संरक्षणको लागि पोखराबाट बोलाइएको उद्धार टोली सहित डिभिजन वन क

विषालु सर्पले टोकेमा...

गर्मी मौसममा सर्पदंशका घटना बढ्ने गरेको छ । विषालु सर्पको टोकाइबाट घाइते भएका कतिपय मानिसको समयमै उपचार नपाउँदा मृत्युसमेत हुने गरेको छ ।  विषालु सर्प कस्तो हुन्छ ? नेपालमा सर्पका धेरै प्रजाति पाइन्छन् । तीमध्ये...

रौतहटमा विषालु सर्पको बिगबिगी

रौतहट : बर्खा सुरु भएसँगै रौतहटमा विषालु सर्पको बिगबिगी बढेको छ। चर्को गर्मीको कारण दुलो भित्र लुकेर बस्ने विषालु सर्प पानी पर्न थालेपछि बाहिर निस्केर मानिसलाई टोक्ने क्रम बढेको हो। प्रादेशिक अस्पताल गौरमा दैनिक जसो १० देखि १५ जना सम्म सर्पदंशको बिरामी उपचारको लागि आउने गरेका छन्। असार ११ गते देखि २२ गते सम्म ४५ जना सर्पदंशको विरामीहरु उपचार गराउन आएको अस्पतालले जनाएका छ्न्। प्रादेशिक अस्पताल गौरको इमरजेन्सी सेवामा कार्यरत हेल्थ असिस्टेन्ट मुकेशकुमार झाका अनुसार साँझ पख सर्पदंशको

घरमा १ सय २४ बिषालु सर्प पाल्दाको नतिजा……

एजेन्सी । अमेरिकाको मेरिल्याण्डमा बस्दै आएका ४९ वर्षीय एक पुरुषले सर्प पाल्दा ज्यान नै गुमाउनु परेको छ । उनले आफ्नो घरमा १ सय २४ वटा विषालु सर्प पाल्दै आएका थिए । उनले पालेका बिसालु सर्पहरूमा कोब्रा, ब्ल्याक माम्बा र १४ फिट लामो बर्मीज अजिंगर सर्प पनि थिए । तर, गत १९ जनवरीमा ती पुरुष सर्पहरूकाबीचमा […]

विषालु सर्प र बिच्छीको विशेष परिकार ! (भिडियो सहित)

तपाईंले धेरैखाले अनौठा तथा विचित्र परिकारहरूका बारेमा सुन्नुभएकै होला । के तपाईंले सर्प र बिच्छी पकाएर बनाइने विशेष खालको परिकारका बारेमा सुन्नुभएको छ ? सुन्दैमा भयभित हुने खालको यो परिकार चीनमा निकै लोकप्रिय छ । गर्मी लागेसँगै चीनमा यो परिकारको माग बढ्दछ । यो परिकार बनाउन विषालु सर्प र बिच्छीको प्रयोग गरिन्छ । चीनको गुआंगडोंग […]

सर्पले डसाएर श्रीमतीको हत्या, अदालतले सुनायो आजीवन जेल सजाय

५ कात्तिक, काठमाडौं । श्रीमतीको हत्या गर्न उनका श्रीमानले सबैभन्दा विषालुमध्येको सर्प किन्छन् । सर्पले श्रीमतीलाई डसाउँछन् । श्रीमती अस्पतालमा उपचार गरेर ठीक हुँदै गर्दा ती व्यक्तिले अर्को एउटा विषालु सर्प किन्छन् र फेरि डसाउँछन् । यसपटक भने श्रीमतीको मृत्यु हुन्छ । अपराध कर्मको यो दुर्लभ शैली अपनाउने श्रीमानलाई अदालतले आजीवन जेल सजाय सुनाएको छ ।

लहलहैमा विषालु सर्प खाने दण्डित

नयाँदिल्ली, एजेन्सी । भारतको तमिलनाडु राज्यस्थित एकजना पुरुषलाई सर्प खाएको अभियोगमा पक्राउन गरी सात हजार भारु जरिवाना तिराइएको छ । ‘भादिवेल’ नामक ५० वर्षीय कृषि मजदुरले विषालु सर्प खाएको भिडियो फुटेज यसै सातको शुरूमा भरातको सामाजिक सञ्जालमा भाइरल भएको थियो । उनले सो दुस्साहपूर्ण काम गर्दै भिडियोमा सर्प खानु कोभिड–१९ बाट बच्ने राम्रो उपाय भएको […]

सुपरमार्केटबाट सलाद किनेर ल्याएः प्याकेट खोल्दा निस्कियो विषालु सर्प

कहिलेकाँही हामीले यस्तो ठाउँमा सर्प देखिरहेको हुन्छौं जहाँ हामीले यो देख्नेबारे कहिल्यै सोचेका पनि हुँदैनौं । तर जब खानाको सामानमा सर्प भेटिन्छ तब सायद सबै हैरान हुन्छन् । यस्तै एउटा घटना सार्वजनिक भएको छ जहाँ सलादको प्याकेटबाट विषालु सर्प निस्किएको छ ।‘द गार्जियन’ को एक रिपोर्ट अनुसार यो घटना अष्ट्रेलियाको सिड्नी शहरको हो । यी व्यक्तिले कहिल्यै सोचेका थिएनन् होला कि सलाद खरिद गर्नुको परिणाम के हुनेछ । घर पुगेपछि जब उनले सलादको प्याकेट खोले तब त्यसबाट विषालु सर्प निस्कियो ।अलेक्जेन्ड

पहाडी क्षेत्रमा पनि सर्पदंश उपचारको व्यवस्था गर्न माग

चैत २७ गते शुक्रवार बाग्लुङको मूलपानीमा भेटिएको गोमन सर्प (किङ कोब्रा)लाई सर्प संरक्षण टोलीले सुरक्षित स्थानमा पठायो । उक्त सर्प गाउँ नजिकै छाडिएकाले फेरि फर्केर गाउँमा आउन सक्ने भन्दै स्थानीयवासी त्रसित छन् । गोमन सर्पले टोकेमा ३० मिनेटमा मानिसको मृत्यु हुन्छ । त्यस्तो विषालु सर्प बस्तीदेखि टाढा लैजानुपर्ने स्थानीयवासी रस्मी गौतमले बताइन् । “घरैमा आएको सर्प फेरि नआउला भन्न सकिँदैन, अन्यत्रै लगिदिएको भए हुने थियो, नजिकै छाडिँदा डर लागेको छ”, उनले भनिन् । विषालु सर्प कसरी आयो भन्ने यकिन नभएको उनले बताइन् । ...