गर्मी मौसममा सर्पदंशका घटना बढ्ने गरेको छ । विषालु सर्पको टोकाइबाट घाइते भएका कतिपय मानिसको समयमै उपचार नपाउँदा मृत्युसमेत हुने गरेको छ ।
विषालु सर्प कस्तो हुन्छ ?
नेपालमा सर्पका धेरै प्रजाति पाइन्छन् । तीमध्ये...
दाङ – दाङमा विषालु सर्प उद्धार तथा पुनःस्थापनाका लागि सीप तथा प्राविधिक सहयोगसम्बन्धी तालिम दिइएको छ । जिल्लास्थित डिभिजन वन कार्यालय घोराहीले सरोकारवाला निकायलाई आज तालिम दिएको हो । तालिममा विषालु र अविषालु सर्पको पहिचान, विषालु सर्पको टोकाइबाट बच्ने उपाय र सर्प उद्धारका विषयमा जानकारी गराइएको डिभिजन वन कार्यालयका प्रमुख डिभिजनल अधिकृत मोहनप्रसाद श्रेष्ठले जानकारी […]
पर्वत : विगतमा पनि राज गोमन अर्थात् ‘किङ कोब्रा’ सर्प भेटिएको पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीमा फेरि पनि ‘किङ कोब्रा’ देखिएको छ।वडाध्यक्ष रामचन्द्र सुवेदीका अनुसार शुक्रवार बिहान करिब आठ बजेको समयमा स्थानीय बेलप्रसाद सुवेदीको गोठमा ‘काली नाग’ का नामले समेत परिचित ‘किङ कोब्रा’ देखिएको थियो। ‘किङ कोब्रा’ नै भएको भए लोपोन्मुख प्रजातिको सर्प हुने भएकाले त्यसको उद्धार र संरक्षणको लागि पोखराबाट बोलाइएको उद्धार टोली सहित डिभिजन वन क
मुगुमा सर्पदंश उपचारको व्यवस्था नहुँदा सर्पदंशका बिरामीलाई उपचार गर्न समस्या भएको छ। पछिल्लो समय तराईमा देखिने विषालु सर्प पहाडमा पनि देखिन थालेको छ। छायाँनाथ रारा नगरपालिका–१२ का कर्णबहादुर बुढाले सर्पदंश उपचारका लागि जिल्ला अस्पतालमा व्यवस्था नरहेको बताए।
तपाईंले धेरैखाले अनौठा तथा विचित्र परिकारहरूका बारेमा सुन्नुभएकै होला । के तपाईंले सर्प र बिच्छी पकाएर बनाइने विशेष खालको परिकारका बारेमा सुन्नुभएको छ ? सुन्दैमा भयभित हुने खालको यो परिकार चीनमा निकै लोकप्रिय छ । गर्मी लागेसँगै चीनमा यो परिकारको माग बढ्दछ । यो परिकार बनाउन विषालु सर्प र बिच्छीको प्रयोग गरिन्छ । चीनको गुआंगडोंग […]
५ कात्तिक, काठमाडौं । श्रीमतीको हत्या गर्न उनका श्रीमानले सबैभन्दा विषालुमध्येको सर्प किन्छन् । सर्पले श्रीमतीलाई डसाउँछन् । श्रीमती अस्पतालमा उपचार गरेर ठीक हुँदै गर्दा ती व्यक्तिले अर्को एउटा विषालु सर्प किन्छन् र फेरि डसाउँछन् । यसपटक भने श्रीमतीको मृत्यु हुन्छ । अपराध कर्मको यो दुर्लभ शैली अपनाउने श्रीमानलाई अदालतले आजीवन जेल सजाय सुनाएको छ ।
नयाँदिल्ली, एजेन्सी । भारतको तमिलनाडु राज्यस्थित एकजना पुरुषलाई सर्प खाएको अभियोगमा पक्राउन गरी सात हजार भारु जरिवाना तिराइएको छ । ‘भादिवेल’ नामक ५० वर्षीय कृषि मजदुरले विषालु सर्प खाएको भिडियो फुटेज यसै सातको शुरूमा भरातको सामाजिक सञ्जालमा भाइरल भएको थियो । उनले सो दुस्साहपूर्ण काम गर्दै भिडियोमा सर्प खानु कोभिड–१९ बाट बच्ने राम्रो उपाय भएको […]
क्यानवेर्रा, (एजेन्सी) । अस्ट्रेलियाको सिडनीस्थित एउटा सुपरमार्केटबाट प्लास्टिकमा पोका पारिएको सलादका पातहरू खरिद गरेर लगेका स्थानीय बासिन्दा एलेक्स व्हाइट निकै डरलाग्दो स्थितिको सामना गर्न बाध्य भएका छन् । उनले पत्रकारहरूलाई भनेकाछन्, ‘शुरूमा सलादका पातबाट अलि ठूलै खालको गड्यौला निस्कँदै गरेको देखेर म अचम्म मान्दै थिए । तर, नजिकबाट नियालेर हेर्दा जिब्रोजस्तो केही चिज चलायमान भएको […]
कहिलेकाँही हामीले यस्तो ठाउँमा सर्प देखिरहेको हुन्छौं जहाँ हामीले यो देख्नेबारे कहिल्यै सोचेका पनि हुँदैनौं । तर जब खानाको सामानमा सर्प भेटिन्छ तब सायद सबै हैरान हुन्छन् । यस्तै एउटा घटना सार्वजनिक भएको छ जहाँ सलादको प्याकेटबाट विषालु सर्प निस्किएको छ ।‘द गार्जियन’ को एक रिपोर्ट अनुसार यो घटना अष्ट्रेलियाको सिड्नी शहरको हो । यी व्यक्तिले कहिल्यै सोचेका थिएनन् होला कि सलाद खरिद गर्नुको परिणाम के हुनेछ । घर पुगेपछि जब उनले सलादको प्याकेट खोले तब त्यसबाट विषालु सर्प निस्कियो ।अलेक्जेन्ड
चैत २७ गते शुक्रवार बाग्लुङको मूलपानीमा भेटिएको गोमन सर्प (किङ कोब्रा)लाई सर्प संरक्षण टोलीले सुरक्षित स्थानमा पठायो ।
उक्त सर्प गाउँ नजिकै छाडिएकाले फेरि फर्केर गाउँमा आउन सक्ने भन्दै स्थानीयवासी त्रसित छन् ।
गोमन सर्पले टोकेमा ३० मिनेटमा मानिसको मृत्यु हुन्छ । त्यस्तो विषालु सर्प बस्तीदेखि टाढा लैजानुपर्ने स्थानीयवासी रस्मी गौतमले बताइन् ।
“घरैमा आएको सर्प फेरि नआउला भन्न सकिँदैन, अन्यत्रै लगिदिएको भए हुने थियो, नजिकै छाडिँदा डर लागेको छ”, उनले भनिन् । विषालु सर्प कसरी आयो भन्ने यकिन नभएको उनले बताइन् ।
...
काठमाडौं – विषालु सर्प कोब्रा पहाडी र हिमाली भेगमा पनि पाइन थालेको छ । यसअघि तराईमा मात्रै पाइने गरेको कोब्रा अहिले पहाडी क्षेत्रमा पाइन थालेको अध्ययनले देखाएको हो । मनाङ, ताप्लेजुङ, सल्यान, सोलुखुम्बु, डोटी, दैलेखलगायतका पहाडी र हिमाली जिल्लामा पनि विषालु सर्पको डसाईबाट ज्यान जान थालेको डाक्टर बाबुराम मरासिनीले ज...