भरतपुर महानगरमा विपन्न र घरबाट स्कूल जान भौगोलिक दूरी टाढा भएका ६० छात्रालाई साइकल वितरण गरिएको छ । भरतपुर महानगरपालिकाले जोखिममा परेका महिलासँग मेयर कार्यक्रमअन्तर्गत साइकल वितरण गरेको हो ।२ वर्ष अघिदेखि सुरु गरेको कार्यक्रम अन्तर्गत यो पटक भरतपुर वडा नम्बर १८, १९ र २० का ८ वटा विद्यालयका ६० जना छात्रालाई साइकल वितरण गरिएको महानगरपालिकाको सामाजिक महाशाखाले जनाएको छ । महानगरले हालसम्म ५ सय २४ जना छात्रालाई साइकल प्रदान गरिसकेको छ ।विद्यालय शिक्षामा छात्राको शैक्षिक निरन्तरताका लागि ल