मकवानपुर – वाग्मती प्रदेशकाे प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रदेश सभा बैठकमा अवराेध गरेको छ । विद्युतीय बस खरिद प्रक्रिया रोक्नुपर्ने र मदन भण्डारी फाउन्डेशनलाई उपलब्ध गराइने ५० लाख रुपैयाँ तत्काल रोक्न माग गर्दै माओवादीले बिहीवारको प्रदेश सभा बैठक चल्न नदिएको हो ।
माओवादीले बैठकमा अवरोध सिर्जना गरेसँगै सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गर्नुभएकाे छ । माओवादीले सदन अवराेध गरेको योसँगै लगातार चौथो पटक हो ।
‘विद्युतीय बस सञ्चालनका...