काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) संशोधनबिना पास नुहुने बताएका छन्। मंगलबार पार्टीको युवा संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) को पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले अहिलेकै अवस्थामा एमसिसी पास नहुने बताएका छन्। प्रचण्डको भनाइलाई उदृत गर्दै वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटा दिपशिखाले थाहाखबरसँग भने, ‘एमसिसी अहिलेकै अवस्थामा संशोधनबिना अघि बढ्न सक्दैन।