जाजरकोट भूकम्पको अति प्रभावित क्षेत्रमा प्रजनन स्वास्थ्य शिविर र सचेतना कार्यक्रम सम्पन्न भएको छ । नेपाल परिवार नियोजन सङ्घको आयोजनामा जाजरकोटका चार स्थानीय तहका विभिन्न स्थानमा स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।
कांग्रेसले भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिममा भोलिबाट दोस्रो चरणको कार्यक्रम थाल्ने भएको छ।
महामन्त्री गगन थापाको संयोजकत्वमा बसेको भूकम्प प्रभावित क्षेत्र केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समितिको बैठकले २६ मंसिरदेखि...
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए–बद्री केसी समूह)ले भूकम्प प्रभावित क्षेत्र जाजरकोट जिल्लाको रिम्ना गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । एनआरएनएअन्तर्गतको विश्व स्वास्थ्य समितिद्वारा शनिबार सञ्चालन गरिएको स्वास्थ्य शिविरमा दुई सयभन्दा बढीले स्वास्थ्य परीक्षण गराएका एनआरएनएले जनाएको छ । शिविरमा भूकम्पपीडितलाई हुनसक्ने सम्भावित रोगबाट बच्नका लागि आवश्यक स्वास्थ्य सामग्री वितरण गर्नुका साथै उनीहरुको स्वास्थ्य अवस्था, औषधि …
धनकुटा : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा सरकारी विशिष्ट व्यक्तिको लावालस्करले आतंक मच्चाएको बताएका छन्। प्रेस चौतारी धनकुटाले बिहीवार सदरमुकाम धनकुटामा गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष पोखरेलले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूको लावालस्करले पर्यटन आतंक खडा गरेको कटाक्ष गरेका हुन्।राहत लिएर जानेभन्दा पनि रमिता हेर्न जाने क्रम धेरै भएकाले भूकम्पपीडितलाई थप समस्या बनाएको नेता पोखरेलको भनाइ छ। विशिष्ट व्यक्तिको हेलिकप्टर
४ दिनदेखि भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम र सल्यानमा रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बुधवार घाइते र चिकित्सहरुसँग भेट गरेका छन्। भूकम्पमा परी घाइते भएकाहरुको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ।
२१ कात्तिक, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौंडेलले चढेर भूकम्प प्रभावित क्षेत्र पुगेको हेलिकप्टरबाट नै घाइतेको उद्धार गरिएको छ । राष्ट्रपति सवार हेलिकप्टरले भूकम्पमा परी घाइते भएका जाजरकोट नलगाड गाउँपालिकाका वीरबहादुर पुनलाई थप उपचारका लागि सुर्खेतबाट सँगै काठमाडौं ल्याइएको हो । राष्ट्रपति पौडेल रुकुम (पश्चिम) र जाजरकोटमा पुगेर भूकम्प प्रभावित क्षेत्रको निरीक्षणपछि काठमाडौं फर्किएका हुन् । […]
राष्ट्रपति रामचन्द्र पौडेल मङ्गलबार बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावितहरूको अवस्था बुझ्न मङ्गलबार बिहान भूकम्प प्रभावित क्षेत्रतर्फ जाने कार्यक्रम रहेको पनि पोखरेलले जानकारी दिनुभयो ।
भारत सरकारले उपलब्ध गराएको राहत सामग्री भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम क्षेत्र पठाइने भएको छ । नेपालगन्ज विमानस्थल हुँदै ११ टन सामग्री उक्त क्षेत्र पठाइन सुरु गरिएको हो ।
२३ कात्तिक, काठमाडौं । डोटी केन्द्रविन्दु भएर मंगलबार राति गएको भूकम्पले घर भत्किँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि लगायत उद्धारमा खटिएका छन् । घरका भग्नावशेष पन्छाउने र प्रभावितहरुको व्यवस्थापन गर्ने काममा नेपाली सेनाको *भैरवप्रसाद गण डोटी लगायतको टोली खटिएको छ […]