लामो समयदेखि बन्द रहेका मकवानपुरका मनोरञ्जनका क्षेत्र सञ्चालनमा आउने भएका छन् । कोरोना महामारी सुरु भएदेखि नै बन्द भएका मकवानपुरका सिनेमा हल, पार्क, पिकनिक स्थल दोहोरी साँझ जस्ता मनोरञ्जनका क्षेत्रहरू खुल्ने भएका हुन् । कोरोना सङ्क्रमणको जोखिमका कारण मकवानपुरका २ वटा सिनेमा हल, थुप्रै पिकनिक स्थलहरू र दोहोरी साँझ लगायतका मनोरञ्जनका क्षेत्र पूर्ण रूपमा बन्द भएका थिए ।कोरोनाका कारण अस्तव्यस्त बनेको मनोरञ्जनका क्षेत्र बारे जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मंगलबार बसेको जिल्ला कोभिड सङ्क