विराटनगर । आलोपालोमा सहमति नभएसम्म सरकारमा नजाने अडान लिएको नेकपा माओवादी केन्द्र प्रदेश १ लाई केन्द्रले सहभागी हुन दबाब दिएपछि सरकारमा सहभागी हुने भएको छ ।
माओवादी केन्द्रको प्रदेश १ समितिका पदाधिकारी तथा संसदीय दलका नेतासहित सहभागी बैठकले प्रदेश सरकारमा जाने निर्णय गरेको हो । सो बैठकले मन्त्रीको छनौट गर्न प्रदेशका माओवादी इन्चार्ज राम कार्की, संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) रहेको समिति गठन गरेको छ । सोही समितिले सिफारिस गरेको आधारमा माओवादीबाट मन्त्री बन्नेछन् ।
माओवादी केन्द्रले प्रदेश १ मा रहेका ९ वटामध्ये २ वा ३ मन्त्रालय पाउने छ । दुईवटा...