काठमाडौँ । सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाको माग गर्दै प्रदर्शन गर्न गएका कानुन व्यवसायी र प्रहरीबीच झडप हुँदा बार महासचिवसहित ६ जना घाइते भएका छन् । उक्त हस्तक्षेपको विरोधमा नेपाल बार एसोसियसनले शुक्रबार सर्वोच्च अदालतमा सम्पूर्ण इजलास बहिष्कार गर्ने भएको छ ।