नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ४ गतेको चुनाव बहिष्कार गर्ने भएको छ । पार्टीभित्र चुनावमा भाग लिने/नलिनेमा दुई धार भएपनि अन्तिममा विप्लव नेतृत्वको नेकपाले चुनाव बहिष्कार गर्ने निर्णयमा पुगेको हो । सरकारले चुनावमा जाने वातावरण नबनाएकाले बहिष्कार गरिने केन्द्रीय सदस्य असल क्षेत्रीले बताए । ‘हामी चुनावलाई उपयोग गर्नुपर्छ भन्नेमा थियौ । सरकारले कहिले पक्राउ पुर्जी जारी गरेर धम्क्याउँछ । कहिले बन्दी रिहा र मुद्दा फिर्ता नगरेर सताउँछ’