काठमाण्डाै – सरकारले आउँदो आर्थिक वर्षभित्र तीनसय वटा पुल बनाउने घोषणा गरेको छ ।
यसका लागि बजेटमा ११ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । यस्तै बजेटमा काठमाण्डौ उपत्यकामा एकसय वटा विद्युतीय बस सञ्चालन गर्ने उल्लेख छ । विद्युतीय सवारी साधनको प्रयोग बढाउन काठमाण्डौ उपत्यकासहितका ठाउँमा चार्जिङ स्टेशन, टर्मिनल भवन लगायतका पूर्वाधार बनाउने सरकारले जनाएको छ ।