रुकुम (पूर्व) : नातिनीको खुकुरी प्रहारबाट बाँफिकोट गाउँपालिका–१ का ७४ वर्षीय दाना शाही घाइते भएका छन्। उनकी १७ वर्षीया उर्मिला मल्ल (छोरीपट्टिकी नातिनी) ले खुकुरी प्रहार गरेकी हुन्।घाइते शाहीलाई जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि चौरजहारी अस्पताल लगिएको छ। उनको गाला, दाहिने हात र देव्रे हातमा चोट लागेको छ। आफूसँग भएको पैसा लिने उद्देश्यले नातिनीले खुकुरी हानेको दानाले बताए।‘मैले १२ हजार भत्ता बुझेको थिएँ’ उनले भने ‘त्यही लिन आएकी उसले म माथि खुकुरी हानी।’मंगलबार रात