साेलुखुम्बु - सगरमाथा क्षेत्रकाे भ्रमणमा रहेका जापानका एक जना नागरिक तीन दिनदेखि सम्पर्कविहीन भएका छन् ।
सल्लेरी हुँदै खुम्बु क्षेत्र प्रवेश गरेका ५४ वर्षका हितोशी इशिबा गएको सोमवारदेखि बेपत्ता हुनुभएकाे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
कम्पनी र गाइडविना नै एक्लै भ्रमणमा आउनुभएका हितोशी सम्पर्कविहीन हुनुभएकाे खबर दूतावासमार्फत् प्रहरीमा आएको जनाइएको छ । उहाँ गएको ९ गते खुम्बुको मन्जो चेकपोष्ट गएको अभिलेख भेटिएको छ ।
त्यसपछि उहाँ कता जानुभयाे भन्नेबारे खुल्न नसकेको ज...