सरकारले चालेका कदमलाई सहयोग गर्न प्रधानमन्त्रीको जोड

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड नियन्त्रण र रोकथामका लागि सरकारले चालेका कदमलाई साथ दिन जोड गरेका छन्। आज देशबासीको नाममा सम्बोधन गर्दै उनले भने, ‘कोभिड नियन्त्रण गर्न सरकारले चालेका कदमहरूलाई सबैले सहयोग गरौं।’ उनले सरकारले गरेको लकडाउनमा कसैलाई अप्ठ्यारो पर्न नदिने बताए। कोरोनाको उच्च संक्रमणप्रति सरकार सचेत रहेको भन्दै सबैलाई सुरक्षित भएर बस्न अनुरोध समेत गरे।

सम्बन्धित सामग्री

गणतन्त्रलाई संस्थागत गर्न सबै जिम्मेवार हुनुपर्नेमा प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ द्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’ को लोकार्पण गर्दै प्रधानमन्त्रीले दस वर्षे जनयुद्ध र विस्तृत शान्ति सम्झौता मुलुकको राजनीतिक प्रक्रियाको ठूलो महत्व रहेको बताउनुभयो । उहाले पुनको पुस्तक ‘यात्रा …

जनमतको सरकारमा जाने दिन लम्बियो, कांग्रेसको विकासे मन्त्रालयमा नजर

माओवादी केन्द्र र कांग्रेसबीच मन्त्रालय साटफेर हुनसक्ने संभावना रहेको छ । प्रधानमन्त्रीको जोड कांग्रेसको भागबाट मन्त्रालय खुस्काउने रहेको छ ।

जीवनोपयोगी शिक्षाका कार्यक्रम संचालन गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम विश्वविद्यालयले जीवनोपयोगी शिक्षाका विभिन्न कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिएका छन् । आइतबार महेन्द्रनगरमा उक्त विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।...

सहकारीलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौँ– प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी आन्दोलनलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्ने बताएका छन्। पार्टी सम्वद्ध भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण विभागले आज यहाँ आयोजना गरेको सहकारीकर्मीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सहकारी आन्दोलनलाई समाजवादको आधार खडा गर्ने साधनको रुपमा विकसित गर्नुपर्ने बताए । संविधानमा तीन खम्बे अर्थनीतिको व्यवस्था […]

आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न प्रधानमन्त्रीको जोड

छैटौं अन्तर्राष्ट्रिय महिला व्यापार मेला ललितपुरमा सुरु भएको छ । ६ भदौसम्म सञ्चालन हुने व्यापार मेलामा देशभरका साना तथा मझौला महिला उद्यमी, व्यापारीदेखि महिला निर्यातकर्ताका साथै अन्तर्राष्ट्रिय उद्यमी महिला सहभागी छन् ।मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसायलाई बिस्तार गरी आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न आग्रह गरेका छन् । […]

दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य विज्ञानको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको अध्ययन अनुसन्धानलाई प्रवद्र्धन गरी मुलुकका लागि आवश्यक दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा जोड दिन आवश्यक रहेको बताउनुभएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पाँचौँ सभामा उहाँले प्रतिष्ठानले गण्डकी प्रदेशका नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै सहज र सुलभरूपमा चिकित्सा शिक्षाको अध्ययन अध्यापनको अवसरसमेत प्रदान गर्दै आएको उल्लेख …

विश्वविद्यालयको शिक्षा व्यवहारिक हुनुपर्नेमा प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयको शिक्षा औपचारिक र सैद्धान्तिक मात्रै नभएर व्यवहारिक, जीवनोपयोगी र समाजको विकास र रूपान्तरणमा सहयोगी हुनुपर्नेमा जोड दिएका छन् । सोमबार त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ बनाउन तथा मुलुकको अर्थतन्त्रलाई तीव्र रूपान्तरण गर्न सिर्जनात्मक, परिवर्तनशील र युग सुहाउँदो वैज्ञानिक र प्राविधिक जनशक्तिको उत्पादन हुने किसिमको हुनुपर्ने बताएका हुन् ।‘यस सन्दर्भम

सार्कलाई अग्रगामी दृष्टिकोणका साथ अगाडि बढाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सार्क प्रक्रियालाई अग्रगामी दृष्टिकोणका साथ अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । सार्क स्थापनाको ३७औँ वर्ष प्रवेश अर्थात् सार्क बडापत्र दिवसको अवसरमा सदस्य राष्ट्रका जनता र सरकारलाई आज बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्रीले १९औँ शिखर सम्मेलन चाँडो आह्वान गरेर सङ्गठनलाई नवजीवन दिनुपर्ने बताएका हुन् । सार्क बडापत्र क्षेत्रीय सहयोग र साझेदारीको प्रमुख खाका भएको र त्यसबाट दक्षिण एशियाका जनताको हितमा केही उल्

पहुँचयोग्य र गुणस्तरीय शिक्षामा प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री शेरबहादुर देउवाले सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा अभियानमा सरोकारवाला सबैलाई ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् । ललितपुरस्थित नमूना मच्छिन्द्र मावि भवनको उद्घाटन समारोहमा बुधबार उनले विद्यालयको भौतिक सुधारपश्चात् गुणस्तरीय शिक्षातर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले सामुदायिक विद्यालय शिक्षाको गुणस्तर वृद्धि गर्न सरकारले […]

बाघ संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री शेरबहादुर देउवाले बाघ संरक्षणका लागि उसको बासस्थान र पर्यावरण संरक्षण अपरिहार्य भएको बताएका छन् ।विश्व बाघ दिवसका सन्दर्भमा राष्ट्रिय बाघ संरक्षण समितिले बिहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले जैविक पर्यावरण र पारिस्थिकीय प्रणालीलाई सन्तुलित राख्न बाघको अहम् भूमिका रहेको वास्तविकता सुनाउँदै बाघको बासस्थानको संरक्षणमा मानव समुदायले विशेष ध्यान दिनुपर्ने बताए ।प्रधानमन्त्री देउवाले बाघको बासस्थान […]