विश्वविद्यालयको शिक्षा व्यवहारिक हुनुपर्नेमा प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयको शिक्षा औपचारिक र सैद्धान्तिक मात्रै नभएर व्यवहारिक, जीवनोपयोगी र समाजको विकास र रूपान्तरणमा सहयोगी हुनुपर्नेमा जोड दिएका छन् । सोमबार त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ बनाउन तथा मुलुकको अर्थतन्त्रलाई तीव्र रूपान्तरण गर्न सिर्जनात्मक, परिवर्तनशील र युग सुहाउँदो वैज्ञानिक र प्राविधिक जनशक्तिको उत्पादन हुने किसिमको हुनुपर्ने बताएका हुन् ।‘यस सन्दर्भम