काठमाडौं । गृह मन्त्रालयले औद्योगिक प्रयोजनका लागि उद्योगमा आवश्यक तेजाब (एसिड) सहित घातक रसायनको विवरण माग गरेको छ। उद्योगहरूले आवश्यक रासायनिक पदार्थको नाम, रसायन संकेत, वार्षिक परिमाणसहितको विवरण ७ दिनभित्र मन्त्रालयमा पेस गर्नुपर्ने भएको छ। मन्त्रालयले आइतबार सूचना जारी गरी यस्ता पदार्थ आवश्यक पर्ने भए पूर्वस्वीकृति लिनुपर्ने कानुनी व्यवस्था रहेको स्पष्ट पारेको छ।सरकारले असोज १२ गते तेजाब तथा घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश जारी गरेको थियो। यस्ता पदार्थको उत्पादन, निकासी, पैठारी, भण्डा