सरकारले तोकेको धानको मूल्य पाउँदैनन् किसान

देउखुरी । सरकारले तोकेको धानको न्यूनतम समर्थन मूल्यभन्दा कम मूल्यमा दाङका व्यवसायीले खरिद गरिरहेका छन् । घोराही–६ का किसान लबरु चौधरीले मोटो धान दुई हजार ३०० क्विन्टलमा बिक्री गरेका छन् । धान खेती गर्ने किसानको मेहनत, मल, बीउमा लगाएको लगानीसमेत नउठ्ने अवस्था रहेको उनले गुनासो गरे । ट्र्याक्टरले खेत जोतेको, थ्रेसरले दाएको पैसा पनि नउठ्ने […]

सम्बन्धित सामग्री

सरकारले धानको मूल्य कम तोकेपछि व्यापारीलाई धान बेच्दै किसान

नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले यस वर्ष धानको खरिद मूल्य कम तोकेपछि किसानहरू व्यापारीलाई धान बेच्न बाध्य भएका छन् ।

किसानलाई धानको मूल्य पाउनै सकस

महँगी चुलिएका बेला सरकारले धानको समर्थन मूल्य उचित निर्धारण नगरेको भन्दै किसान चिन्तित भएका छन्। महँगी सुहाउँदो समर्थन मूल्य नभएको र किसान थप महँगीको मारमा पर्ने भन्दै बाँकेका किसान चिन्तित भएका हुन्।...

तोकियो धानको मूल्य, मोटाको प्रतिक्वीन्टल ३,१९८

काठमाडौं। धान रोपाइँ चल्दै गर्दा सरकारले यसको न्यूनतम समर्थन मूल्य तोेकेको छ । खेती लगाउने बेलामै अनाज बालीको समर्थन मूल्य तोक्ने अन्य मुलुकको अभ्यास अनुसरण गर्दै यसपालि नेपालमा पनि धान रोपाइँ हुँदै गर्दा समर्थन मूल्य तोकिएको हो । खेती लगाउँदा नै समर्थन मूल्य तोकेपछि किसानलाई आफूले कति क्षेत्रफलमा धान लगाउनेलगायत योजना बनाउन सहज हुन्छ । नेपालमा सरकारले गर्ने प्राय: निर्णय कार्यान्वयनमा समस्या पर्ने गरेकाले अहिले तोकिएको समर्थन मूल्यअनुसार किसानले धानको मूल्य पाउँछन् नै भन्ने यकीन छैन । सरकारले समर्थन मूल्य तोक्नुपर्ने र उक्त मूल्यमा आफूहरूले अनाज विक्री गर्न नसके खरीद गर्ने व्यवस्था सरकारले नै मिलाउनुपर्ने किसानको माग छ ।  ‘समर्थन मूल्यभन्दा सस्तोमा विक्री गर्नुपर्ने अवस्था आए सरकारले खरीद गर्ने व्यवस्था मिलाउनुपर्छ,’ जनकपुरका किसान रामअवतार यादवले भने, ‘अहिलेको निर्णय पहिलाको जस्तो नहोस् ।’ उनले पहिला समर्थन मूल्य तोके पनि सरकारले खरीदको व्यवस्था गर्न नसक्दा व्यापारीलाई सस्तो मूल्यमा विक्री गर्नुपर्ने बाध्यता रहेको बताए ।  असार २६ गतेको मन्त्रिपरिषद् बैठकले किसानको धान सरकारले तोकेको समर्थन मूल्यमा खरीद गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । यस वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार १९८ र मध्यम धानको ३ हजार ३६२ रुपैयाँ तोकिएको छ । यो मूल्य गतवर्षको तुलनामा मोटामा प्रतिक्वीन्टल ३३० रुपैयाँ र मध्यममा प्रतिक्वीन्टल २३४ रुपैयाँले बढी हो । आर्थिक वर्ष (आव) २०७९/८० मा नेपालमा ५५ लाख ५० हजार ८७८ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष अहिलेसम्म पोहोरको तुलनामा कम क्षेत्रफलमा धान रोपाइँ भएको छ ।  मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत् प्राधिकरण, चैनपुर सेती जलविद्युत् आयोजनाको विद्युत्गृहमा रहने संरचना निर्माणका लागि बझाङ जिल्ला, तलकोट गाउँपालिका वडा नं. २ र ३ स्थित करीब ७ हजार ३१९ वर्गमीटर जग्गा प्राप्ति गर्न स्वीकृति दिने, अनुचित लेनदेन (मीटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको म्याद आउँदो असोज २५ गतेसम्म थप गर्ने, सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको म्याद आगामी साउन २६ गतेसम्म थप गर्ने, अत्याधुनिक चलचित्र छायांकन स्टुडियो निर्माण आयोजनाको लागि काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका, वडा नं १० र १३ अन्तर्गत रहेको बाहुनडाँडा सामुदायिक वनको २ दशमलव ५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने, आव २०७८/७९ र २०७९/८० मा वार्षिक रूपमा न्यूनतम सय जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजतपत्र प्राप्त संस्था (म्यानपावर) को इजाजतपत्र आव २०८०/८१ का लागि नवीकरण गर्न आएमा नवीकरण गरिदिने गरी बाधा अड्काउ फुकाउने आदेश जारी गर्ने निर्णयसमेत गरेको छ ।  त्यस्तै पर्यटन विधेयक तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, थवाङ गाउँपालिका, रोल्पालाई साविक थवाङ गाविस वडा नं. २ स्थित सामान्य प्रशासन मन्त्रालयको ८९० वर्गमीटर जग्गा कृषि उपज संकलन तथा विक्री केन्द्र निर्माणका प्राप्त गर्न स्वीकृति दिने, वन्यजन्तुबाट क्षति भएबापतको राहत वितरण निर्देशिका, २०८० स्वीकृत गर्ने, सार्वजनिक खरीद नियमावली, २०६४ को नियम १२० (क) बमोजिम म्याद थप भई चालू रहेका वा म्याद सकिएका तर खरीद सम्झौताबमोजिमको काम चालू रहेका खरीद सम्झौताको सार्वजनिक निकायलाई कुनै प्रकारको दायित्व नपर्ने गरी उक्त कार्य सम्पन्न गर्न लाग्ने वास्तविक थप अवधि यकीन गरी सार्वजनिक निकायका प्रमुखले म्याद थप गर्न सक्ने गरी सार्वजनिक खरीद ऐन, २०६३ को दफा ७४ (ख) बमोजिम बाधा अड्काउ फुकाउन आदेश जारी गर्ने र आव २०७९/८० मा वित्तीय समानीकरण अनुदानतर्फ विनियोजित रकममध्ये स्थानीय तहलाई हस्तान्तरण गर्न बाँकी रहेको रकम १२ अर्ब ७३ करोड ६ लाखको ४० प्रतिशतका दरले हुने रकम ५ अर्ब ९ करोड २२ लाख स्थानीय तहहरूलाई हस्तान्तरण गर्ने निर्णय भएको शर्माले जानकारी दिइन् ।

धानको मूल्य बढ्दा किसान खुशी, उपभोक्ता मारमा

पोखरिया । धानको उचित मूल्य वृद्धि नहुँदा किसानले राहत नपाएको बताएका छन् । धानको मूल्य गत वर्षको तुलनामा यसपालि प्रतिक्विन्टल ३ सय रुपैयाँले वृद्धि भएपछि किसानले राहत पाएका छन् । भारतले धान निकासीमा कोटा तोकेसँगै भारतमै मूल्यवृद्धि भएपछि नेपालमा धानको मूल्य पनि गत वर्षको तुलनामा यसपालि प्रतिक्विन्टल ३ सय रुपैयाँसम्मले बढेको छ । धानको मूल्य बढेसँगै प्रतिकिलो ४८ मा पाइने सोना मन्सुली चामलको मूल्य अहिले ५८ पुगेको छ । त्यस्तै ५० रुपैयाँ किलोमा पाइने मन्सुली चामलको मूल्य ६४ र पहिले ६८ रुपैयाँ किलोमा पाइने जिरा मसिनो चामलको मूल्य अहिले ८० रुपैयाँ पुगेको छ । धानको पकेट क्षेत्र मानिने पर्सालगायत मधेश प्रदेशका किसान धानले उचित नपाउँदा मारमा पर्दै आएका थिए । तर, यसपालि मूल्य बढ्दा केही भए पनि राहत पाएको वीरगञ्ज महानगरपालिका–३०, लालपर्साका किसान सीताराम प्रसाद बताउँछन् । धानको उत्पादनमा लाग्ने खर्चभन्दा विक्री गर्ने रकम जहिले पनि कम हुने गरे पनि यसपालि भने थोरै भए पनि खुशी भएको उनले बताए । उनी भन्छन्, ‘म अहिले ६५ वर्षको भएँ, १६ वर्षकै उमेरदेखि धान खेती गर्दै आएको छु । मेहनत र लगनका कारण फसल पनि राम्रै हुने गरेको छ तर फसल राम्रो उब्जाउन खाद पनि समयमा नपाउने, महँगोमा पाइने, भारतबाट ल्याउँदा दुःख पाउने, आनो देशमा नपाइने अवस्था छ । बिजोग छ । त्यसमा पनि फसल उब्जाइहाले बेच्न समस्या । यस्तोमा अलि कति भए पनि धानको मूल्य वृद्धि हुँदा खुशी नै छौं हामी किसान तर यो पर्याप्त चाहिँ छैन ।’ पर्साको सबैठवा–४ का अर्का किसान किसमतिया देवी भन्छिन्, ‘धान उत्पादन गर्न सिँचाइका लागि पानी किनेरै हाल्नुपर्ने, खाद पनि महँगो पर्ने, पानी नपर्दा झन धानखेतीलगायत सबै खेती नै महँगो पर्ने हुँदा धानको उत्पादन लागत बढेको छ । केही मात्रामा राहत भए पनि पर्याप्त भने छैन । सरकारले अझ सोच्नुपर्ने हुन्छ ।’ धानको मूल्य वृद्धिमा किसानले खुशी व्यक्त गरिरहँदा उपभोक्ताले भने मारमा परेको बताएका छन् । धानमा प्रतिक्विन्टल ३ सय रुपैयाँसम्म मूल्य वृद्धि हुँदा चामलमा प्रतिकिलो १५ देखि २५ रुपैयाँसम्म मूल्य वृद्धि भएकाले आफूहरु मारमा परेको उपभोक्तले गुनासो गरेका हुन् । वीरगञ्ज महानगरपालिका–१२ मुर्लीकी सरितादेवी कुर्मी चामलको मूल्य अचानक बढेपछि भान्सा व्यवस्थापनका लागि धेरै नै समस्या भइरहेको गुनासो गर्छिन् । भारतले नेपालका लागि चालू आर्थिक वर्षमा ६ लाख टन मात्रै धान निकासी गर्ने कोटा निर्धारण गरेकाले भारतमै धानको मूल्य बढेपछि नेपालमा पनि धानको मूल्य बढेको हो । धानसँगै चामलको मूल्य पनि बढेपछि उपभोक्ता मारमा परेका हुन् । रासस

सुदूरपश्चिमको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालयमा ताला

धनगढी : सुदूरपश्चिमको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालयमा तालाबन्दी गरिएको छ। आइतबार धानको मूल्य निर्धारण गरेर पनि धान खरिद नगरेको भन्दै प्रदेश कार्यालयमा तालाबन्दी गरिएको हो।नेपाली कांग्रेसको नेपाल किसान महासङ्घ र नेकपा एमालेको अखिल नेपाल किसान महासंघले संयुक्त रूपमा कार्यालयमा तालाबन्दी गरेका हुन्। सरकारले कात्तिक १६ गते धानको मूल्य निर्धारण गरेको थियो। तर त्यो मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले किसानसँग धान खरिद नगर्दा किसानले सस्तोमा धान बेच्न बाध्य भइरहेका छन्।सरकारले तो

सरकारले किसानको धान खरिद नगरेको विरोधमा किसान महासङ्घले आन्दोलन गर्ने

काठमाण्डाै - सरकारले किसानको धान खरिद नगरेको भन्दै अखिल नेपाल किसान महासङ्घले आन्दोलन गर्ने भएको छ । गएको कात्तिक १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस वर्षका लागि धानको समर्थन मूल्य निर्धारण गर्ने औपचारिकता पूरा गरेको तर धान खरिद नगरिदिँदा किसानले सस्तो मूल्यमा निजी मिललाई बेच्न बाध्य भएको भन्दै महासङ्घले आन्दोलन गर्ने भएको छ । सरकारले मोटा धानको मूल्य प्रति क्विन्टल २ हजार ९ सय ६७ र मध्यम धानको ३ हजार १ सय २८ रुपैयाँ तोकेको छ । तर मंसिरको मध्यसम्म पनि सरकारी निकायले धान खरिद प्रकृया सुरु नगरेको कारण किसानहरु...

धानको समर्थन मूल्य किसानले घर-घरमै पाउँदै

झापा- गौरीगञ्ज-१ महाभाराका किसान इन्द्रनारायण राजवंशी विगतमा काँटामा धान बेच्थे । उनले कहिल्यै सरकारले तोकेको समर्थन मूल्य पाएका थिएनन् । तर, गत वर्षदेखि सरकारले तोकेको धानको मूल्य पाउन थालेका छन् ।   उनले घरैबाट धान बिक्री गर्न थालेका छन् । ‘पहिला त लागत पनि उठ्दैन थियो । अहिले सहकारीले घरमै गएर खरिद गर्छ,’ उनले भने, […]

कैलाली नजिकको भारतीय बजार तिकुनियामा झडप, ८ जनाको मृत्यु

धनगढी : नेपाल–भारत सीमाना नजिकको भारतीय बजार तिकुनिया क्षेत्रमा किसानको आन्दोलनमा झडप हुदा आठ जनाको मृत्यु भएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार चार जना किसान र चार जना अन्यको मृत्यु भएको हो। अहिलेपनि तिकुनिया क्षेत्र तनावपूर्ण छ।भारत सरकारले धानको मूल्य सही निर्धारण नगरेकाले किसानहरू आन्दोलनमा थिए। सोही क्रममा भारतका केन्द्रीय गृह राज्यमन्त्री अजय मिश्र टेनीका छोराले किसानमाथि गाडी चलाएको आरोप लागेको छ।आइतबार केन्द्रीय गृह राज्यमन्त्री अजय मिश्रको बानवीर गाउँमा धेरै योजनाहरूको शिलान्यास गर्

सरकारले तोकेको धानको समर्थन मूल्यबाट लागत उठ्न कठिन हुने किसानको गुनासो

जनकपुरधाम : नेपाल सरकारले निर्धारण गरे पनि समर्थन मूल्य पाउन तथा त्यसबाट लागत मूल्य उठ्न कठिन हुने धनुषाका किसानहरूले बताएका छन्। सरकारले चालु आर्थिक वर्षका लागि मोटो धानको मूल्य प्रतिक्विन्टल २ हजार ७५२ तथा मसिनो धानको मूल्य २ हजार ९0२ रुपैयाँ तोकेको छ।धनुषाका अगुवा किसान दिनेशकुमार यादवले सरकारले निर्धारण गरेको मूल्यमा धान बिक्री नहुने विगत वर्षको अनुभव रहेको बताए। करिब सात बिघामा सवर्णा, वासमति तथा हर्दिनाथ जातको धानको खेती गरेको बताउँदै यादवले गत वर्ष तोकेको समर्थन मूल्य नपाएको गुनासो गरे।प्