काठमाण्डाै – सर्वोच्च अदालतको फैसलाबाट दोस्रो पटक प्रतिनिधि सभा पुनर्स्थापना भएपछि सुरु भएको चालु संसद् अधिवेशन अन्त्य भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज साेमवार राति १२ बजेदेखि लागू हुने गरी चालु अधिवेशन अन्त्य गरिएको जानकारी आजको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले गराउनुभएको थियो । अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको ब्यहाेरा पढेर बैठकलाई जानकारी गराउनुअईि सञ्चारमाध्यमले अधिवेशन अन्त्य हुने र राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश ल्याउने तयारीबारे समाच...