प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचन घोषणा बदरको मागसहित विपक्षी दलका नेताहरूले आइतवार सर्वोच्च अदालतमा रिट पेश गर्ने भएका छन् ।
आइतवार रिट निवेदन सहित नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव सहितका नेता सर्वोच्च जान लागेका हुन् ।
संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नबनाइएको भन्दै विपक्षी गठ...