सभामुख अग्निप्रसाद सापकोटाद्वारा अफगानिस्तानमा विकसित घटनाक्रमबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सोमबार दिउँसो १ बजेदेखि बसेको प्रतिनिधिसभा संसदको बैठकमा सम्बोधन गर्नुहुँदै सभामुख सापकोटाले अफगानिस्तानमा घटेको घटना र सो अवस्थामा त्यहाँको सुरक्षा स्थितिका सम्बन्धमा सरकारको पनि ध्यानाकर्षण गराउनुभएको हो ।
यस क्रममा अफगानिस्तानमा रहनुभएका नेपालीहरूको सकुशल उद्धार एवम् उनीहरूको यथार्थ जानकारी गराउन सभामुख सापकोटाले सरकारलाई निर्देशन समेत दिनुभएको छ ।