इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटको गठबन्धन सरकार संकटमा परेको छ । प्रतिपक्षभन्दा एक सिट मात्र बढी रहे पनि यो सरकार अल्पमतमा परेको छ । बेनेटको दक्षिणपन्थी यामिना पार्टीका एक सांसद निर ओरबाकले सोमबार सत्तारुढ गठबन्धनलाई नसघाउने बताएपछि सरकारको भविष्य संकटमा परेको छ । इजरायलमा दुई वर्षमा चार सरकार अल्पमतमा रहिसकेको छ । यही कारणले यस अवधिमा इजरायलमा चार पटक चुनाव पनि भयो । ओरबाकको राजीनामापछि बेनेटले उनको सरकारको पतन रोक्न उनीसँग आगामी एक वा दुई साता रहेको प्रतिक्रिया दिएका छन् ।