संगीतकार सन्तोष श्रेष्ठको फरैना उपन्यास सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रमबिच अभिनेता राजेश हमाल, सांसद शान्ता चौधरी, गीतकार कृष्णहरि बराल, अधिवक्ता भीमार्जुन आचार्य तथा लेखक श्रेष्ठले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् । लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय श्रेष्ठको यो पहिलो उपन्यास हो । थारु समुदायकी कमलरी महिलाले भोग्नु परेको समस्यालाई केन्द्रमा राखेर लेखिएको फरैना पढ्दा आफू रोएको सुनाइन् सांसद शान्ता चौधरीले । उनले भनिन्, ‘उपन्यास पढ्दै गर्दा मैले हरफ हरफमा आफ्नै च