जनकपुरधाममा दुई दिनसम्मका लागि मासु तथा मदिराको विक्री वितरणमा स्थानीय प्रशासनले रोक लगाएको छ । मिथिला मध्यमा परिक्रमाका क्रममा दुई दिनसम्म जनकपुरधाममा मासु तथा मदिराको विक्री वितरण र सेवनमा निषेध गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।बुधबार एक विज्ञप्ती जारी गर्दै जिल्ला प्रशासन कार्यालयले चैत ३ र चैत ४ गते सूर्योदयदेखि सूर्यास्तसम्मका लागि जनकपुरधाम क्षेत्रमा मासु तथा मदिरा बिक्रीवितरण तथा सेवन निषेधित गरेको जनाएको हो । चैत ३ मा परिक्रमावासीहरु जनकपुरधाम फर्कने र चैत ४ मा अन्तः