सरकारले आयातित वस्तुको उपभोगमा कडाई गर्न लागेको छ । निर्यात खुम्चँदै गएको र स्वदेशी उत्पादनले उचित अवसर नपाएको विश्लेषण गर्दै सरकारले सार्वजनिक निकायले आयातित वस्तुको उपभोग गर्न नपाउने नीतिगत व्यवस्था गर्न लागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सार्वजनिक गरेको ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिबृद्धि कार्यक्रम अवधारणा पत्र’मा सार्वजनिक निकायले नेपाली वस्तुहरु उपभोगका लागि बाध्यात्मक व्यवस्था गर्ने भनिएको छ । सो अवधारणापत्रमा स्वदेशी उत्पादनको उपभोग अभिबृद्धि गर्