धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको झापा भद्रपुर–३ स्थित किच्चक वध क्षेत्रमा उत्खनन गर्दा झन्डै २ हजार २ सय वर्ष पुरानो कुषाण वंशकालीन अवशेष फेला परेको छ । वैज्ञानिक अनुसन्धान गर्दा उक्त अवशेष त्यति पुरानो रहेको पुष्टि भएको हो ।
मोरक्कोका पुरातत्त्वविद्हरूले मोरक्कोको राजधानी रबातमा रोमन–युगको पुरातन सहर पत्ता लगाएका छन् । यो सहर दोस्रो शताब्दीको हो ।
हालै पत्ता लगाइएको पुरातात्त्विक स्थल प्रसिद्ध चेल्लाह साइटको नजिक अवस्थित रहेको मोरक्कन पुरातत्त्वविद् अब्देलाजीज एल खयारीलाई उद्धृत गर्दै चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ । नयाँ सहर एक बन्दरगाह क्षेत्र रहेको बताइएको छ ।
सहरमा एक ठूलो सार्वजनिक स्नान र एक चिहान क्षेत्रको अवशेष पनि भेटिएको छ । मोरक्कोको युवा, संस्कृति र सञ्चार मन्त्रालयले निकालेको विज्ञप्तिअनुसार उत्खनन र पुरातात्त्विक सर्वेक्षण...
एजेन्सी । उत्तर—पश्चिम टर्कीमा पुरातात्विक सम्पदा उत्खननका क्रममा २३ सय वर्ष पुराना सामग्री फेला परेका छन् । अध्ययनका क्रममा २५ जनाको टिमले हालै उत्खनन गर्दा २३ सय वर्ष पुराना कलाकृति फेला परेको बताइएको हो । २३ सय वर्ष पहिलाका जीवनलाई चित्रित गर्ने त्यो बेला प्रयोग हुने भाँडाकुँडा, धार्मिक कार्यमा प्रयोग हुने अन्य सामग्रीहरु र साना […]
दक्षिण अमेरिकी देश पेरुमा पुरातत्वविदले एक समाधिस्थल उत्खननका बेला १३ सय वर्ष पुरानो चिहानको खोजी गरेको छ । पुरातत्वविदले उत्तरी लीमामा उत्खनन गरिरहेका बेला उनीहरुले वारी साम्राज्यको एउटा प्राचीन चिहान भेटे । उक्त चिहान त्यतिबेलाका एक उच्च दर्जाका व्यक्तिको थियो । उनलाई ‘लर्ड अफ ह्युआर्मे’ भनिन्थ्यो ।उक्त चिहानमा अन्य ६ व्यक्तिको अवशेष पनि भेटिएको छ । यिनीहरुलाई अर्कै ठाउँबाट ल्याएर पछि त्यहाँ राखिएको जस्तो देखिन्छ । उक्त चिहानमा चार वयस्क – सम्भवतः दुई महिला, दुई पुरुष–
गैंडाकोटको सिख्रौली घाटमा पुरातत्त्व विभागले करिब ४ सय वर्ष पुरानो शैलीमा कलात्मक शिव मन्दिर निर्माण गरेको छ । विभागले एक दशक लगाएर उत्खनन गर्दा फेला परेको भग्नावशेष मन्दिरका आधारमा ठिक त्यस्तै मन्दिर निर्माण गरेको हो ।
गैंडाकोटको सिख्रौली घाटमा पुरातत्त्व विभागले करिब ४ सय वर्ष पुरानो शैलीमा कलात्मक शिव मन्दिर निर्माण गरेको छ । विभागले एक दशक लगाएर उत्खनन गर्दा फेला परेको भग्नावशेष मन्दिरका आधारमा ठिक त्यस्तै मन्दिर निर्माण गरेको हो ।
बुद्धको गृह नगरी तिलौराकोट दरबार परिसर भित्र रहेको प्राचीन मन्दिर सहित तीन सम्पदाको संरक्षण भएको छ । युनेस्कोको समन्वयका तिलौराकोट अध्ययन, अन्वेषण परियोजना अन्तर्गत पुरातात्विक सम्पदाको संरक्षण गरिएको थियो । परियोजनाको तेस्रो चरणमा मध्य भागमा रहेको २५ मिटर लामो दक्षिणी सुरक्षा पर्खाल, पर्खालको बिचमा रहेको सुरक्षा टावर समेत संरक्षण गरिएको छ । भग्नावशेष उत्खनन गरी नयाँ इँटा जोडेर जमिन भन्दा एक मिटर उच्च बनाइएको छ ।
उत्खनन्का क्रममा फेला परेको पोस्ट होल ( इँटा प्रयोग हुनु अगाडि घर बनाउन प्रयोग गरिएको काठ बाँस गाडिएको प्वाल ) समेत संरक्षण गरिएको लुम्बिनी विकास कोषका पुरातत्तव अधिकृत हिमाल उप्रेतीले बताउनुभयो । संरक्षण गरिएको मन्दिरमा सातौंै शताव्दी
जिल्लाको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको कैलास सन्यास आश्रममा शिखर शैलीको शिव मन्दिर पुर्ननिर्माण हुने भएको छ ।गैँडाकोट नगरपालिका १३ मा रहेको कैलास सन्यास आश्रममा करीब नौ सय वर्ष अघि निर्माण भएको र हाल भग्नावशेषका रुपमा रहेको वास्तुकलाले भरिएको ढुङ्गाबाट शिखर शैलीको उक्त शिव मन्दिर पुर्ननिर्माणको काम थालनी गरिएको हो ।
गजुर छोडेर ५१ फिट उचाई र चौडाई १७ देखि १९ फिट भएको सो कैलाश सन्यास आश्रम महादेव स्थानका अध्यक्ष पुण्यप्रसाद घिमिरेले जानकारी दिनुभयो । पाँच वर्ष अघि उत्खनन गरी निकालिएका वास्तुकलाले भरिएका ढुङ्गै ढुङ्गाले मन्दिर निर्माण गरिने र भित्र पुरानो शिव लिङ्ग राखिने घिमिरेले जानकारी दिनुभयो ।
मन्दिर निर्माणका लागि पुरातत्व विभागले सात करोड ६८ लाख रुपियाँ बिनियोजन गरेको समितिका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । यस अघि पुरातत्व विभाग आफैले यहाँ उत्खनन् गरि १५ सय १८ वटा ढुङ्गा उत्खनन गरेर राखेको थियो ।