'ओलीले खेल्नुभएको भूमिकाका कारण नेकपालाई जनमत दिएका थिए'

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सुखी नेपाली, समृद्ध नेपाल निर्माणको अभियानमा अवरोध उत्पन्न भएको बताएका छन् । नेकपा मकवानपुरको आयोजनामा बिहिबार हेटौँडामा भएको मोर्चा सङ्गठनहरुको वृहत भेलालाई सम्बोधन गर्दै उनले जनताको बहुदलीय जनवादको आलोकमा पुनः राष्ट्रियता, जनजीविका, सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको अभियानलाई नयाँ उचाइका साथ अगाडि बढाइने उल्लेख गरे । उनले गत निर्वाचनमा जनताले व्यापक जनसमर्थनसहित कम्युनिष्ट पार्टीलाई शासन सत्ताको नेतृत्व सुम्पिएको उल्लेख गर्दै सरकारले जनचाहना अनुरुप नै रेलदेखि पाइलाइनबाट तेल ल्याउनेसम्मको काम गरेको बताए । यस्तै उनले कालापानी लिपुलेक र लिम्पियाधुराको भूमि फिर्ता ल्याउने, सगरमाथाको उचाइ मापन गर्ने, व्यक्तिले हडपेका सार्वजनिक जमीन फिर्ता ल्याउनेदेखि देशलाई सुरुङ मार्गको युगमा प्रवेश गराउने, भत्किएको धरहरा ठड्याएर नेपाली स्वाभिमान उठाउने, अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणदेखि ठूला विकास आयोजनाको द्रुततर विकास, गाउँगाउँमा सडक, यातायात, प्राविधिक शिक्षालयको व्यवस्था, आधारभूत अस्पतालको व्यवस्थालगायत समृद्धिका लागि भएका प्रयास भुल्न नहुनेमा जोड दिए । “मूलतः नेकपाका श्रदेय अध्यक्ष सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र र राष्ट्रियताका सन्दर्भमा प्रदर्शन गर्नुभएको चट्टानी अडान, भारतीय दबाब, हैकमलाई बेवास्ता ग

सम्बन्धित सामग्री

नयाँघरेलाई दीपा जनमत सम्मान

जनमत वाङमय प्रतिष्ठान, बनेपाले साहित्यकार युवराज नयाँघरेलाई दीपा जनमत सम्मान अर्पण गरेको छ।

नयाँघरेलाई दीपा जनमत सम्मान

जनमत वाङमय प्रतिष्ठान, बनेपाले साहित्यकार युवराज नयाँघरेलाई दीपा जनमत सम्मान अर्पण गरेको छ।

सत्तारूढ गठबन्धनबाट बाहिरिँदै जनमत

खानेपानी मन्त्रालय नपाएपछि सरकार छाडेको जनमत पार्टी सत्तारूढ गठबन्धनबाटै अलग हुने तयारी जुटेको छ।...

सत्तारूढ गठबन्धनबाट बाहिरिँदै जनमत

खानेपानी मन्त्रालय नपाएपछि सरकार छाडेको जनमत पार्टी सत्तारूढ गठबन्धनबाटै अलग हुने तयारी जुटेको छ।...

जनमत-नाउपा सहकार्य

प्रतिनिधिसभामा ६ सिट रहेको जनमत पार्टी र चार सिट रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सहकार्य गर्ने भएका छन्।...

जनमत पार्टीलाई उद्योग मन्त्रालय

काठमाडौं । जनमत पार्टीले उद्योग मन्त्रालय पाएको छ। सोमबार संघीय संसद् भवनमा बसेको सत्ता गठबन्धनको बैठकले जनमत पार्टीलाई उद्योग मन्त्रालय दिने निर्णय गरेको हो । जनमत पार्टीका अध्यक्ष सिके राउतले आफ्नो पार्टीलाई कृषि वा उद्योग मन्त्रालयमा मागेका थिए । जनमत पार्टीबाट प्रतिनिधिसभामा ६ जना सांसद छन् । अहिले चार बजे नवनियुक्त मन्त्री तथा प्रधानमन्त्री पुष्पकमल […] The post जनमत पार्टीलाई उद्योग मन्त्रालय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सरकारमा जाने जनमत पार्टीको निर्णय

जनमत पार्टीले सरकारमा जाने निर्णय गरेको छ । सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न गरेको आग्रहलाई सकारात्मक रूपमा लिँदै जनमत पार्टीले गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो ।आज बसेको जनमत पार्टीको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको सो पार्टीका एक नेताले रातोपाटीलाई जानकारी दिए । गठबन्धनसँग वार्ता गर्नका लागि कार्यकारिणी समितिको बैठकले कार्यदलले बनाउने निर्णय समेत गरेको छ । संघमा सामान्य हेरफेर हुने देखिएको ती नेताले बताए । बैठकले संसदीय दलको विधान पनि पारित

२०३७ सालको जनमत संग्रह

विद्यार्थी आन्दोलनको बलमा २०३७ सालमा जनमत संग्रह भएको थियो। विविध घटनामाझ २०३६ जेठ १० मा जनमत संग्रह घोषणा भएको थियो।...

जनमत नघटेको एमालेको दाबी

नेकपा(एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तह निर्वाचनमा पार्टीको जनमत यथावत् रहेको दाबी गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकका लागि संसद् भवन पुगेका ज्ञवालीले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले आफूहरुको जनमत नघटेको दाबी गरेका हुन् ।उनले अन्य पार्टीसँग थोरै मतान्तर रहेका ठाउँहरुमा गठबन्धनका कारण आफूहरुको पराजय भएको बताए । उनले एमालेको ४८ सालदेखि आएको जनमत यस निर्वाचनबाट […]

जनमत पार्टीले बुधबार धनुषामा चक्काजाम गर्ने

बुधबार धनुषामा जनमत पार्टी चक्काजाम गर्ने घोषणा गरेको छ ।  सिरहामा जनमतले थालेको आन्दोलनलाई समर्थन जनाउँदै धनुषामा समेत जिल्लाभर चक्काजाम गर्ने जनमत पार्टी धनुषाले जनाएको छ ।  एक विज्ञप्ति जारी गर्दै मंगलबार साँझमा जिल्लाको विभिन्न स्थानमा मशाल जुलुस र बुधबार जिल्लाभर चक्का जाम गर्ने जनमत पार्टी धनुषाको आन्दोलन समितीका दिपनारायण यादवले जनाएका हुन् । सिरहाको औरही गाउँपालिकाले वितरणका लागि राखेको बिउ किसानले लुटेपछि प्रहरीले मुद्दा चलाएपछि जनमत पार्टीले आन्दोलन थालेको हो ।