त्रिविका स्ववियु सभापतिको कार्यशैलीप्रति पाँच विद्यार्थी संगठनको आपत्ति

काठमाडौं : वामपन्थी पाँच दलका विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयका स्ववियु सभापतिको कार्यशैलीप्रति आपत्ति जनाएका छन्। अनेरास्ववियु त्रिवि इन्चार्ज प्रशान्त भण्डारी, अखिल क्रान्तिकारीका त्रिवि अध्यक्ष प्रदीपराज कपाडी भट्ट, अनेरास्ववियू त्रिवि अध्यक्ष समीर गौतम, नेपाल समाजवादी विद्यार्थी युनियन त्रिवि समिति इन्चार्ज रामनरेश यादव र अखिल छैटौँ त्रिवि अध्यक्ष संगम थापाले संयुक्त विज्ञप्ति जारी गरी स्ववियु सभापतिको कार्यशैलीप्रति विरोध जनाएका हुन्। उनीहरूले स्ववियूले समग्र विश्वव

सम्बन्धित सामग्री

२४ वटा नारासहित चुनावी मिसनमा अनेरास्ववियू, यस्ता छन् १७ प्रतिबद्धता (पूर्णपाठ)

नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले स्ववियु चुनावलक्षित घोषणापत्र सार्वजनिक गरेको छ । संगठनको अनामनगरस्थित कार्यालयमा आयोजित एक कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीलगायतका नेताले घोषणापत्र सार्वजनिक गरे ।

महेन्द्र मोरङमा छुट्टाछुट्टै प्यानल, डिग्रीमा चार संगठनको तालमेल

३० फागुन, विराटनगर । प्रदेश १ को ठूलो सरकारी कलेज महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा प्रमुख तीन दलका विद्यार्थी संगठन एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएका छन् । कांग्रेसको नेपाल विद्यार्थी संघ, एमालेको अनेरास्ववियु र माओवादी केन्द्रको अखिल क्रान्तिकारीले छुट्टाछुट्टै प्यानल बनाएका छन् । विराटनगरकै स्नाकोत्तर (डिग्री) क्याम्पसमा भने एमाले निकट अनेरास्ववियुविरुद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत […]

स्ववियु निर्वाचनमा चार विद्यार्थी संगठनको गठबन्धन

काठमाडौँ । आगामी स्ववियु निर्वाचनमा चारवटा विद्यार्थी संगठनहरुले गठबन्धन गर्ने भएका छन् । आइतबार नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको संयुक्त विद्यार्थी संगठनहरुको बैठकले सो निर्णय गरेको हो ।

स्ववियु निर्वाचन : आन्तरिक तयारीमा जुटे विद्यार्थी संगठन

काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति तोकिएपछि यतिखेर विद्यार्थी संगठनका नेताहरू आन्तरिक तयारीमा जुट्न थालेका छन्। उनीहरू विद्यार्थी संगठनको भूमिकाबारे अन्तरक्रिया, भेटघाटलगायत कार्यक्रम आयोजना गरिरहेका छन्।पुस २२ गते बसेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरिसकेको छ। त्रिविले पनि २८ पुसमै आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूलाई स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन दिएको छ। यो निर्वाच

फागुन १४ मै स्ववियु निर्वाचन गर्नुपर्नेमा तीन विद्यार्थी संगठनको जोड

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले फागुन १४ मै निर्वाचन गर्ने तयारी थालेसँगै विद्यार्थी संघ र संगठनहरू आपसी छलफलमा जुटेका छन् । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीलगायत विद्यार्थी संगठन चुनावमा होमिएका हुन् । कुनै पनि बहानामा निर्वाचन रोक्न नहुनेमा जोड दिँदै नेविसंघका सभापति दुजाङ शेर्पाले नेपाल […]