चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको ‘भेरो सेल’ खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ । यो खोप बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकलबाट अनुसन्धान तथा विकास भएको हो । चीन सरकारले नेपाललाई ५ लाख डोज खोप सहयोगस्वरूप प्रदान गर्ने घोषणा गरेको छ । यो खोप ४ हप्ताको अन्तरालमा २ पटक लगाउनुपर्दछ । तसर्थ यो खोप २ लाख ५० हजार जनालाई दिन सकिन्छ ।
कस्तो हो त यो चिनियाँ खोप ?
चीनको सिनोफार्मले विकास गरेको खोप निस्क्रिय कोरोना भाइरसबाट बानाइएको खोप हो । युएईमा भएको अध्ययनअनुसार यो खोपको प्रभावकार...