एजेन्सी । चीनमा विकास गरिएको कोरोनाविरुद्धको खोप आठ देशका राष्ट्र तथा सरकार प्रमुखले लगाएका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले कम्तीमा त्यस्ता आठ जनाले चिनियाँ खोप लगाएको शुक्रबार दावी गरेकी हुन् ।प्रवक्ता होउ चुन्निङले पत्रकार सम्मेलनमा खोप लगाउने राष्ट्र तथा सरकार प्रमुखहरूको विवरण प्राप्त भएको जानकारी दिइन् । तर उनले चिनियाँ खोप लगाएका राष्ट्र प्रमुख तथा सरकार प्रमुखको नाम भने उल्लेख गरिनन् ।सञ्चार माध्यमहरुमा आएका विवरणहरुमा चिनियाँ खोप विश्वसनीय, प्रभावकारी र उपयोगी भएकाले उहा