काठमाडौंबाट सबैभन्दा छोटो दूरीमा हेटौंडा पुग्ने कान्ति लोकपथ अविरल वर्षा हुनेबित्तिकै बन्द हुने गरेको छ। गत साता र यही साता आएका वर्षाका कारण पहिरो खसेर कान्तिलोकपथ बन्द रह्यो।ललितपुर र मकवानपुरमा पर्ने यो सडक केहीबेर पानी पर्नेबित्तिकै एकैछिन बन्द भएर फेरि खुल्ने गरेको कान्ति राजमार्ग सडक योजनाले जनाएको छ। साउनमा दुईपटक धेरैबेरसम्म सडक अबरुद्ध बनेको योजनाका सुपरभाइजर माधव प्रसाद घिमीरेले जानकारी दिए।पानी धेरै बेर पर्नेबित्तिकै ढुङ्गा माटो सहितको पहिरो खसेर सडक बन्द भए पनि एकै छिनमा स्ट्याण