काठमाण्डाै – यति बेला सिङ्गो देश नै दशैँमय बन्दा केही मानिस भने विदेश जान बाध्य छन् ।
आज (बुधवार) विजया दशमी मनाइरहँदा केही मानिस भने रोजगारी र अध्ययनका लागि रातो टीका र जमरा लगाएर विमानस्थलमा परिवारसँग छुट्टिँदै थिए । आज बिहान दशैँको टीका लगाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही मानिस विदेश जानका लागि परिवारसँग खुसी र दुःख एकैसाथ साट्दै गरेका देख्न सकिन्थ्यो । धेरैजसाे नेपाली दशैँको उत्सवमा रमाइरहँदा केही भने रोजगारी र उच्च शिक्षाका लागि विदेश गइरहेका हुन् । तीमध्ये धेरैजसाे युवा छन् ।&nbs...